दाङ । पश्चिम तराईका थारु समुदायले आज विविध धार्मिक र सांस्कृतिक कार्यक्रमसहित अटवारी पर्व मनाउँदैछन् । कुसे औँसीपछिको पहिलो आइतबार मनाइने यस पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायु र सौभाग्यका लागि व्रत बस्ने परम्परा रहेको छ ।
यस पर्वमा दाजुभाइले शुक्रबार राति दर खाएर दिनभर पानीसमेत नखाई व्रत बस्ने, साँझ रोटी पकाई दही, फलफूललगायतका परिकार अग्नि देवतालाई चढाउने र दिदीबहिनीका लागि विशेष परिकार छुट्याइ दिने चलन छ । भोलिपल्ट बिहान भात–तरकारी पकाई अग्रासन चढाएपछि मात्रै खाने परम्परा रहेको छ । यसरी दाजुभाइले दिदीबहिनीलाई कोसेलीसहित परिकार पुर्याएपछि अटवारी पर्व सम्पन्न हुन्छ ।
पौराणिक कथाअनुसार महाभारतका भीमले दाङका थार राजा दङ्गीशरणलाई शत्रुविरुद्धको युद्धमा सहयोग गरेको स्मृतिमा अटवारी पर्व मनाउने परम्परा चलेको थारु संस्कृतिविद्हरू बताउँछन् । भीमजस्तै बलवान् बन्ने विश्वाससहित यो पर्वमा पुरुषहरूले व्रत बस्ने गरेका छन् ।
यसैबीच, लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बर्का अटवारी पर्वको अवसरमा दाङ, बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा आज सार्वजनिक बिदा दिएको छ ।
काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…