• भदौ ७, २०८२
  • No Comment
  • 71

आज कुशे औँसी अर्थात बुवाको मुख हेर्ने दिन : घर–घरमा कुश भित्र्याइँदै 

 – वैदिक सनातन धर्मावलम्बीले आज भाद्र कृष्ण औँसीका दिन कुशे औँसी पर्व मनाउँदैछन्। यस दिन देवकार्य र पितृकार्यका लागि वर्षभर प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याइने परम्परा छ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणमार्फत पूजा गरी उखेलिएको कुश घरमा राख्दा परिवारको कल्याण हुने विश्वास छ। आज उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने तर अन्य दिन उखेलिएको कुश त्यही दिन मात्र प्रयोग गर्न मिल्ने धार्मिक मान्यता छ।

यस अवसरमा छोराछोरीले बाबुलाई मनपर्ने भोजन खुवाई आदर प्रकट गर्ने परम्परा छ। बाबु नभएकाहरूले गोकर्णेश्वर, बेत्रावतीलगायत तीर्थस्थलमा पुगेर तर्पण, पिण्डदान र सिदादान गर्ने गर्दछन्। विशेषगरी गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज विशेष मेला लाग्ने गर्दछ।

धर्मशास्त्रविद्हरूका अनुसार ‘पितृदेवो भव’ भन्ने मान्यताअनुसार बाबुलाई सम्मान गरी आशीर्वाद लिँदा सुख प्राप्त हुने विश्वास छ। बाबु दिवङ्गत भएकाहरूले तर्पण तथा दान गर्दा कुल स्थिर हुने र पुण्य प्राप्त हुने धर्मग्रन्थमा उल्लेख छ।

यस दिन सानो दानले पनि हजारौँ गुणा बढी फल दिने विश्वास रहेकोले कुशे औँसीलाई पुण्य पर्वका रूपमा पनि मनाइन्छ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *