- भदौ ६, २०८२
- No Comment
- 68
सुर्खेतमा ब्राउनसुगरसहित एक युवक पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट लागुऔषध (ब्राउनसुगर) सहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, बुधबार दिउँसो ३ बजे वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ उत्तरगंगा टोलमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा नं. ९ का २१ वर्षीय चक्र बहादुर शाहीलाई पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा फेला परेका शाहीको शरीर खानतलासी गर्दा उनको साथबाट २३ पुडियामा रहेको धुलो पदार्थ बरामद गरिएको थियो । प्रहरीका अनुसार, बरामद गरिएको पदार्थ प्लास्टिकसहित नापतौल गर्दा १ ग्राम ४५० मिलिग्राम र प्लास्टिक बाहेक शुद्ध ८०० मिलिग्राम रहेको छ ।
पक्राउ परेका शाहीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता, प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।