काठमाडौं । भारतको राजस्थान, अलवरमा एक महिलालाई बलात्कारको झुटो मुद्दा हालेको आरोपमा २० वर्ष कैद सजाय सुनाइएको छ।
महिलाले आफ्नै भतिजामाथि बलात्कारको आरोप लगाएकी थिइन्। तर, प्रहरी अनुसन्धानमा उनीहरूबीच ६ महिनामा ८ सय ३२ पटक फोन सम्पर्क भएको र महिला आफैंले भतिजालाई घरमा बोलाउने गरेको प्रमाण भेटिएको थियो।
अदालतले प्रमाणका आधारमा आरोप झूटो ठहर गर्दै महिलालाई पोक्सो ऐन अन्तर्गत दोषी ठहर गर्यो।
न्यायाधीश हिमाकणी गौरले आफ्नो फैसलामा काकीको हैसियत आमाको बराबर हुने भन्दै महिलाको यस्तो कार्य लाजमर्दो भएको टिप्पणी गरेकी छन्।
काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…