- भदौ ५, २०८२
- No Comment
- 61
कैलालीमा दुई लाखसहित ८ जुवाडे पक्राउ

धनगढी । कैलालीमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले दुई लाख १३ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो ।
गएराति साढे ११ बजे गौरीगंगा नगरपालिका–८, मसुरिया बजारस्थित चाईनिज कर्नर सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारी पक्राउ गरेको हो । पक्राउ पर्नेमा कर्नर सञ्चालक गौरीगंगा–७ का ३० वर्षीय टेक मन्नीसहित आठ जना रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट दुई लाख १३ हजार २७० रुपैयाँ, साढे चार हजार भारतीय रुपैयाँ, ४ गड्डी तास र ९ थान मोबाइल फोन बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मसुरियाको संयुक्त टोलीले कारबाही गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।