- भदौ ४, २०८२
- No Comment
- 59
नुवाकोटमा बाँदर धपाउन गएका पुरुषको हृदयघातबाट मृत्यु

नुवाकोट। नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ मा बाँदर धपाउन मकैबारी गएका एक पुरुषको हृदयघातका कारण मृत्यु भएको छ।
स्थानीय ५८ वर्षीय गोकर्ण नेपाली बारीमा बेहोस अवस्थामा भेटिएका थिए। उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि बाँदरको आक्रमणका कारण मृत्यु भएको अफवाह फैलिएको भए पनि वास्तविकता हृदयघात भएको नुवाकोटका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले बताए। उनका अनुसार मृतक नेपालीको शरीरमा कुनै चोटपटक देखिएको छैन।
परिवारजनका अनुसार नेपालीलाई यसअघि तीन पटकसम्म माइनर हार्ट अट्याक भइसकेको थियो। साथै उनलाई उच्च रक्तचापको समस्या पनि थियो।
मृतकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइने प्रहरीले जनाएको छ।