• भदौ ४, २०८२
  • No Comment
  • 185

अन्धविश्वासमाथि स्वास्थ्यको जित: हुम्लाका धामीझाँक्रीले गरे बिरामीलाई स्वास्थ्य चौकी पठाउने ऐतिहासिक प्रतिबद्धता

हुम्ला। हुम्ला जिल्लामा एउटा ठूलो सामाजिक परिवर्तनको सुरुवात भएको छ, जहाँ पुस्तौंदेखि चलिआएको परम्परालाई तोड्दै स्थानीय धामीझाँक्रीहरूले अब बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्था पठाउने ऐतिहासिक प्रतिबद्धता जनाएका छन्। यो कदमले ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच र जनचेतनामा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

नेपालका दुर्गम गाउँहरूमा बिरामी पर्दा अस्पताल वा स्वास्थ्य चौकी जानुअघि धामीझाँक्रीकहाँ जाने चलन अझै पनि गहिरोसँग बसेको छ। सही समयमा उचित स्वास्थ्य उपचार नपाउँदा सामान्य रोगले पनि गम्भीर रूप लिने र ज्यानसमेत जाने खतरा हुने भएकाले यो समस्यालाई समाधान गर्न र अन्धविश्वासको सट्टा विज्ञानलाई प्राथमिकता दिन आयुर्वेद स्वास्थ्य केन्द्रको पहलमा ताँजाकोट गाउँपालिकामा एक विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरियो। कार्यक्रममा सहभागी ४० जना धामीझाँक्रीहरूले अबदेखि आफ्नो दैवी शक्तिमा विश्वास गरेर आउने जुनसुकै बिरामीलाई पनि पहिलो प्राथमिकतामा राखेर नजिकैको स्वास्थ्य चौकीमा जान सल्लाह दिने अठोट लिएका छन्।

ताँजाकोट-२ का मष्टो देवताका धामी असौजे सार्कीले भने, ‘अब देवता चढेको बेलामा पनि म बिरामीलाई अस्पताल जानुपर्छ भन्ने सन्देश दिनेछु।’ आयोजकका अनुसार, समाजमा धामीझाँक्रीको गहिरो प्रभावलाई सकारात्मक रूपमा प्रयोग गर्न यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको अन्त्यमा सहभागी सबै धामीहरूले आफूकहाँ आउने बिरामीलाई स्वास्थ्य संस्थामा पठाउने लिखित सहमतिपत्रमा हस्ताक्षर समेत गरेका छन्, र यो अभियानलाई अब जिल्लाभर विस्तार गरिने योजना छ।

 

सम्बन्धित खबर

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा २१ वर्षीय युवकको मृत्यु, निष्पक्ष छानबिनको माग

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा २१ वर्षीय युवकको मृत्यु,…

सुर्खेत, वीरेन्द्रनगर — जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका २१ वर्षीय साकिर बक्सको मृत्यु भएपछि घटनालाई लिएर निष्पक्ष र पारदर्शी छानबिनको…
चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *