• भदौ ४, २०८२
  • No Comment
  • 54

शिक्षा विधेयक मस्यौदामाथि छलफल, वीरेन्द्रनगरमा आन्दोलन परिचालक समिति गठन

सुर्खेत । प्याब्सन केन्द्रको आयोजनामा शिक्षा विधेयक मस्यौदामाथि छलफल गर्न बुधबार वीरेन्द्रनगरमा नगरस्तरीय कार्यक्रम सम्पन्न भएको छ।

केन्द्र, प्रदेश र जिल्ला स्तरका पदाधिकारीको उपस्थितिमा सम्पन्न कार्यक्रममा आन्दोलन परिचालक समिति गठन गरिएको छ। बैठकले प्याब्सन वीरेन्द्रनगरका अध्यक्ष पूर्णबहादुर भण्डारीलाई संयोजक रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो। उक्त समितिमा वीरेन्द्रनगर अन्तर्गतका सम्पूर्ण विद्यालयका संस्थापक सदस्य रहनेछन्।

बैठकलाई सम्बोधन गर्ने वक्ताहरुले शिक्षा विधेयकको मस्यौदासम्बन्धी विभिन्न धारणा प्रस्तुत गर्दै निजी क्षेत्रको पक्षमा संस्थागत आन्दोलनलाई एकताबद्ध रुपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला स्तरीय पदाधिकारी, विद्यालयका संस्थापक तथा प्राचार्यहरुको उपस्थितिका साथै सहभागिता उल्लेख्य रहेको थियो।

यसअघि पनि सरकारले ल्याएकाे शिक्षा विधेयकप्रति अापत्ति जनाउदै प्याब्सन नेपाल सुर्खेतले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रायलयमा ज्ञापन पत्र बुझाएकाे थियाे । तर मन्त्रालयबाट कुनै पनि प्रतिकृया नअाएपछि आन्दोलन परिचालक समिति गठन गरेकाे हाे ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *