- भदौ ३, २०८२
- No Comment
- 66
नेप्से लगातार बढ्दो, आज ६.५१ अंकले उक्लियो; कारोबार ५ अर्ब ६३ करोडमा सीमित

मंगलबार नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० बिन्दुमा पुगेर रोकिएको छ । यसअघि सोमबार पनि परिसूचक ९.१६ अंकले बढेको थियो । मंगलबार ३१६ कम्पनीका १ करोड ३१ लाख २४ हजार ३१० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार यसभन्दा बढी, ६ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यस दिन सेन्सेटिभ इन्डेक्स १.७३ अंकले, फ्लोट इन्डेक्स ०.४० अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४९ अंकले बढेका छन् ।
उत्कृष्ट वृद्धि देखाउनेमा सान्भी इनर्जी लिमिटेड (४७.४९ रुपैयाँ), पियोर इनर्जी हाइड्रो पावर (५३.१० रुपैयाँ), ईस्टर्न हाइड्रो पावर (२६.९० रुपैयाँ) र सिटी होटल लिमिटेड (२०.८७ रुपैयाँ) रहेका छन् । उता, नारायणी विकास बैंकको शेयर सबैभन्दा धेरै ६.१४ प्रतिशतले घटेर १४५९.२५ रुपैयाँमा पुगेको छ भने युनाइटेड मोदी हाइड्रो पावर ४.१८ प्रतिशतले घटेर ५८१.४१ रुपैयाँमा झरेको छ । यस दिन युनाइटेड मोदी हाइड्रो पावर, हिमालयन डिस्टिलरी, राधी जलविद्युत कम्पनी र बुटवल पावर कम्पनीको शेयरमा सबैभन्दा बढी कारोबार भएको छ ।