• भदौ ३, २०८२
  • No Comment
  • 162

नेप्से लगातार बढ्दो, आज ६.५१ अंकले उक्लियो; कारोबार ५ अर्ब ६३ करोडमा सीमित

 मंगलबार नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० बिन्दुमा पुगेर रोकिएको छ । यसअघि सोमबार पनि परिसूचक ९.१६ अंकले बढेको थियो । मंगलबार ३१६ कम्पनीका १ करोड ३१ लाख २४ हजार ३१० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार यसभन्दा बढी, ६ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यस दिन सेन्सेटिभ इन्डेक्स १.७३ अंकले, फ्लोट इन्डेक्स ०.४० अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४९ अंकले बढेका छन् ।

उत्कृष्ट वृद्धि देखाउनेमा सान्भी इनर्जी लिमिटेड (४७.४९ रुपैयाँ), पियोर इनर्जी हाइड्रो पावर (५३.१० रुपैयाँ), ईस्टर्न हाइड्रो पावर (२६.९० रुपैयाँ) र सिटी होटल लिमिटेड (२०.८७ रुपैयाँ) रहेका छन् । उता, नारायणी विकास बैंकको शेयर सबैभन्दा धेरै ६.१४ प्रतिशतले घटेर १४५९.२५ रुपैयाँमा पुगेको छ भने युनाइटेड मोदी हाइड्रो पावर ४.१८ प्रतिशतले घटेर ५८१.४१ रुपैयाँमा झरेको छ । यस दिन युनाइटेड मोदी हाइड्रो पावर, हिमालयन डिस्टिलरी, राधी जलविद्युत कम्पनी र बुटवल पावर कम्पनीको शेयरमा सबैभन्दा बढी कारोबार भएको छ ।

सम्बन्धित खबर

गर्मीमा स्वस्थ रहन के गर्ने? यस्ता छन् ९ उपायहरु

गर्मीमा स्वस्थ रहन के गर्ने? यस्ता छन् ९ उपायहरु

 गर्मी मौसम स्वास्थ्यका लागि चुनौतीपूर्ण हुन सक्छ, तर सही बानी अपनाए स्वस्थ र ऊर्जावान रहन सजिलो हुन्छ। लामो दिन, खुला मौसम…
चौकुने गाउँपालिका ८ कोलगाडमा इन्डक्सन चुलो वितरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका ८ कोलगाडमा इन्डक्सन चुलो वितरण कार्यक्रम सम्पन्न

७४ घरधुरी लाभान्वित अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा समाजजागरण केन्द्र स्याक नेपालको सहजिकरणमा चौकुने गाउँपालिका वडा नं. ६, ७ र ८…
सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…

Leave a Reply

Your email address will not be published. Required fields are marked *