• भदौ ३, २०८२
  • No Comment
  • 56

उदयपुरमा २४० किलो गाँजा सहित कार नियन्त्रणमा

उदयपुर — उदयपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। बेलका नगरपालिका–२ स्थित जगना खोलाको किनारमा बेवारिसे अवस्थामा फेला परेको बा.२१ च १८११ नम्बरको कार जाँच गर्दा २ बोरा गाँजा भेटिएको प्रहरीले जनाएको छ।

त्यसपछि सोही कार छेउमै खोलाको किनारमा थप ७ बोरा गाँजा भेटिएपछि जम्मा २४० किलो गाँजा बरामद गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। बरामद गाँजा तथा कारलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीला पुर्‍याइएको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

यसैबीच, सुनसरीको अस्थायी प्रहरी चौकी बरगाछीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। धरान उपमहानगरपालिका–१७ का २२ वर्षीय मौषम राई र योगेन राईलाई ट्रामाडोल १०७ क्याप्सुल र डिकोलिक १०८ ट्याब्लेटसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *