• भदौ ३, २०८२
  • No Comment
  • 124

उदयपुरमा २४० किलो गाँजा सहित कार नियन्त्रणमा

उदयपुर — उदयपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। बेलका नगरपालिका–२ स्थित जगना खोलाको किनारमा बेवारिसे अवस्थामा फेला परेको बा.२१ च १८११ नम्बरको कार जाँच गर्दा २ बोरा गाँजा भेटिएको प्रहरीले जनाएको छ।

त्यसपछि सोही कार छेउमै खोलाको किनारमा थप ७ बोरा गाँजा भेटिएपछि जम्मा २४० किलो गाँजा बरामद गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। बरामद गाँजा तथा कारलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीला पुर्‍याइएको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

यसैबीच, सुनसरीको अस्थायी प्रहरी चौकी बरगाछीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। धरान उपमहानगरपालिका–१७ का २२ वर्षीय मौषम राई र योगेन राईलाई ट्रामाडोल १०७ क्याप्सुल र डिकोलिक १०८ ट्याब्लेटसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *