• भदौ ३, २०८२
  • No Comment
  • 82

कर्णालीवासीले सधैँ सम्झिने दिन भदौ ४ : मुख्यमन्त्री कँडेल

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भदौ ४ गतेलाई कर्णालीवासीले सधैँभरि सम्झिने दिनको रूपमा लिने बताएका छन्।

कर्णाली प्रदेश स्थापना दिवसको अवसर पारेर सोमबार सुर्खेत उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको वृहत सरसफाइ कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले स्थापना दिवस केवल एक दिन मात्र नभई तीन दिनसम्म विभिन्न कार्यक्रम गरी उत्सवको रूपमा मनाउने निर्णय गरेको जानकारी दिए।

सरसफाइलाई जीवनसँग प्रत्यक्ष सम्बन्धित बताउँदै उनले जनचेतना अभिवृद्धि गर्न सबैको सक्रियता आवश्यक रहेको उल्लेख गरे। उनले भने, “आफ्नो घरअगाडिको आँगन सफा राखेमा बाहिरबाट आउने पनि खुशी हुन्छन्। फोहोरका कारण लाग्न सक्ने रोग पनि लाग्दैन। घरभित्रको फोहोर सडकमा थुपार्ने काम राम्रो होइन, त्यसलाई व्यवस्थित तरिकाले सङ्कलन गरेर तोकिएको स्थानमै फाल्नुपर्छ।”

उनका अनुसार शहरलाई सफा राख्न सके वातावरण स्वस्थ हुने र त्यसले मानिसको जीवन पनि स्वस्थ राख्नेछ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष हर्ष विक्रम खड्का लगायत सरोकारवालाको सहभागिता रहेको थियो।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *