• भदौ ३, २०८२
  • No Comment
  • 103

कर्णाली प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा

सुर्खेत – कर्णाली प्रदेश सरकारले ‘प्रदेश स्थापना तथा सहिद दिवस’को अवसरमा भोलि, भदौ ४ गते बुधबार, प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ-संस्थाहरुमा बिदा दिने निर्णय भएको जानकारी गराएको हो। प्रदेश स्थापना र सहिदहरूको सम्झनामा हरेक वर्ष भदौ ४ गतेलाई विशेष दिनका रूपमा मनाइँदै आएको छ।

मन्त्रालयका प्रवक्ता एवं उपसचिव उत्तम गौतमद्वारा जारी सूचनामा २०८१ साल चैत १७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार बिदा दिइएको उल्लेख छ। यो निर्णयसँगै प्रदेशका सम्पूर्ण सरकारी कामकाज तथा सेवाहरू भोलि एक दिनका लागि बन्द रहनेछन्।

कर्णाली प्रदेशले प्रदेश स्थापना दिवस तथा सहिद दिवसका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यो दिनलाई प्रदेशको पहिचान र स्वायत्तताको प्रतीकका रूपमा लिइन्छ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *