- भदौ ३, २०८२
- No Comment
- 77
स्वास्थ्यकर्मी महिला मृत फेला

बैतडी — बैतडीको पुर्चौडी नगरपालिका–१० विजयपुरकी २४ वर्षीया भागरथी कुँवर मृत फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आइतबार बेलुकी आफ्नै कोठामा झुण्डिएको अवस्थामा उनी फेला परेकी हुन्।
मृतक कुँवर विजयपुर स्वास्थ्यचौकीमा अनमीका रूपमा कार्यरत थिइन्। साथमा बस्नेले ढोका नखोलेपछि घरबेटीलाई बोलाई ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र साउदका अनुसार भागरथीले गत वैशाखमा प्रेम विवाह गरेकी थिइन्। उनका श्रीमान नेपाली सेनामा कार्यरत छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।