• भदौ ३, २०८२
  • No Comment
  • 131

स्वास्थ्यकर्मी महिला मृत फेला

बैतडी — बैतडीको पुर्चौडी नगरपालिका–१० विजयपुरकी २४ वर्षीया भागरथी कुँवर मृत फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आइतबार बेलुकी आफ्नै कोठामा झुण्डिएको अवस्थामा उनी फेला परेकी हुन्।

मृतक कुँवर विजयपुर स्वास्थ्यचौकीमा अनमीका रूपमा कार्यरत थिइन्। साथमा बस्नेले ढोका नखोलेपछि घरबेटीलाई बोलाई ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र साउदका अनुसार भागरथीले गत वैशाखमा प्रेम विवाह गरेकी थिइन्। उनका श्रीमान नेपाली सेनामा कार्यरत छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *