• भदौ ३, २०८२
  • No Comment
  • 75

प्रधानमन्त्री ओलीले नाडा अटो शो २०२५ उद्घाटन गर्दै, पहिलो उड्ने ट्याक्सी सार्वजनिक

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा नाडा अटो शो २०२५ भव्य रुपमा सुरु हुने भएको छ। मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका यस १७औँ संस्करणलाई हालसम्मकै भव्य अटो प्रदर्शनी मानिएको छ।

उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले नेपालकै पहिलो उड्ने ट्याक्सी (ईभीटोल) सार्वजनिक गरे। एमएडब्लू वृद्धिले चिनियाँ अटो निर्माता चांगान अटोको सहकार्यमा नेपाल ल्याएको यो ईभीटोललाई देशको मोबिलिटी क्षेत्रमा ऐतिहासिक उपलब्धि मानिएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले यसपटकको अटो शो नयाँ युगको मोबिलिटी सुरुआतको प्रतीक हुने बताए। “यो केवल प्रदर्शनी मात्र होइन, भविष्यको झलक हो,” उनले भने।

यसपटक प्रदर्शनीमा दिपलका अत्याधुनिक इलेक्ट्रिक कारहरू, ह्युमनोइड रोबोट, युनिट्री रोबोट्सका एआई–आधारित स्वचालित प्रोटोटाइप, साथै नेपालमै पहिलोपटक भिन्टेज मोटर शो समेत प्रस्तुत गरिएको छ।

एक लाख ६२ हजार ५०० वर्गफुटमा फैलिएको प्रदर्शनी क्षेत्रमा १९ वटा चारपांग्रे, १३ वटा हल्का व्यावसायिक, ४ वटा दुईपांग्रे ब्रान्डसहित १२५ भन्दा बढी प्रदर्शकको सहभागिता रहेको छ। साथै, ‘मेड इन नेपाल’ प्याभिलियनमार्फत स्वदेशी गाडी र अटो पाट्र्सलाई प्रोत्साहन गरिएको छ।

कार्यक्रम अवधिभर ईभी, स्मार्ट मोबिलिटी र दिगोपनसम्बन्धी सेमिनार, अन्तरक्रियात्मक सत्र, कार्यशाला हुनेछन्। दैनिक १२ भाग्यशाली विजेताले एक वर्ष निःशुल्क ल्युब्रिकेन्ट सेवासमेत पाउनेछन्।

‘गो फर मोर’ नारासहित आयोजित यस अटो शोले उपभोक्तालाई नयाँ प्रविधि र भविष्यको मोबिलिटी अनुभव गराउने आयोजकको दाबी छ।

नाडा अटो शो २०२५ भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *