• भदौ २, २०८२
  • No Comment
  • 107

आफ्नै घरको बाकसभित्र १३ वर्षीय बालक मृत फेला

  स्याङ्जा – वालिङ नगरपालिका–५ द्वारभञ्ज्याङका १३ वर्षीय निशान थापा आफ्नै घरको बाकसभित्र मृत फेला परेका छन्। सरस्वती आधारभूत विद्यालय मिनाङकोटमा कक्षा ८ मा अध्ययनरत थापा आइतबार परीक्षा सकेर घर फर्किएका थिए।

घटनाको समयमा घरमा उनकी बहिनी मात्र थिइन् भने आमा छिमेकीको मेलामा गएकी थिइन्। मेलाबाट फर्किएपछि आमाले छोराको खोजी गर्ने क्रममा आटीमा राखिएको बाकसभित्र उनको शव भेटिएको हो।

प्रहरी नायव उपरीक्षक प्रशन्नराज चौधरीका अनुसार घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको छ। शवलाई प्रारम्भिक रुपमा गह्रौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा राखिएको छ भने विशेषज्ञद्वारा परीक्षणका लागि पोखरा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

हाल घटनास्थल प्रहरीको निगरानीमा राखिएको छ र विस्तृत अनुसन्धान जारी छ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *