• भदौ १, २०८२
  • No Comment
  • 80

 प्रचण्डको क्यारिकेचरपछि कमेडियन विकास अर्याललाई धम्की

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को क्यारिकेचर गरेका कारण कमेडियन विकास अर्याललाई धम्कीपूर्ण फोन आएको छ।

दुई दिनअघि सार्वजनिक भएको कमेडी दरबारको नयाँ एपिसोडमा अर्यालले प्रचण्डको क्यारिकेचर प्रस्तुत गरेका थिए। उक्त प्रस्तुतीमा उनले घाइते पूर्वलडाकुसँग संवाद गर्ने दृश्यमा ‘पाँच हजारको जिम्मा लिएपछि जुठै बारौं कि भन्ने लाग्यो’ भन्ने वाक्य प्रयोग गरेका थिए। अर्को दृश्यमा नक्कली प्रचण्डले ‘म युद्ध मात्रै लडेको होइन, चुनाव मात्रै लडेको होइन, अस्ति ट्वाइलेटमा पनि लड्या मान्छे हो’ भन्ने संवाद बोलेका थिए।

यिनै संवादलाई लिएर आफूलाई धम्की आएको अर्यालले बताए। उनले भने, ‘म प्रचण्डको फ्यान हो भन्दै नयाँ नम्बरबाट फोन आएको थियो। किन प्रचण्डलाई त्यस्तो भनेको, त्यो तुरुन्तै हटाउनू नत्र राम्रो हुँदैन भनेर थर्काएको थियो। मैले केही नबोली फोन काटिदिएँ र नम्बर ब्लकमा राखिदिएँ।’

अर्याललाई हिजो बिहान फोन आएको थियो। सो एपिसोडमा चलचित्र ‘माग्ने राजा’ टिमलाई विशेष अतिथि बनाईएको थियो।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *