- भदौ १, २०८२
- No Comment
- 100
सुर्खेतमा २० वर्षीया महिला आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर–लाटिकोइलीकी २० वर्षीया करिश्मा अधिकारी आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी छन्। उनी नविन अधिकारीकी पत्नी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार करिश्मा आइतबार बिहान सुत्ने कोठाको दराजको ह्यान्डलमा सलले पासो लगाई झुन्डिएको अवस्थामा भेटिएकी हुन् ।
घटनास्थलमा तत्कालै पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दा घटना आत्महत्या जस्तो देखिए पनि पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको कारण अहिल्यै निश्चित भन्न नसकिने जनाएको छ ।
तर मृतकका आफन्तहरूले करिश्मालाई श्रीमान् र अन्य परिवारका सदस्यले आत्महत्या गर्न बाध्य पारेको वा हत्या गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। सोही आधारमा प्रहरीले उजुरी दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाई शवलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल पठाइसकेको प्रहरीले जनाएको छ ।