कैलाली – चार दिनदेखि बेपत्ता रहेकी एक आमा र उनकी छोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। घोडाघोडी नगरपालिका–७ निवासी २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी १० महिनाकी छोरी अनुजा चौधरी शुक्रबार बिहान सामुदायिक वनभित्र मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार उनीहरू घर नजिकैको गौरीशंकर सामुदायिक वनमा एउटै रूखमा फरक–फरक पासोमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।
आरती २९ साउनदेखि छोरीसहित बेपत्ता भएको परिवारले प्रहरीमा निवेदन दिएको थियो। खोजतलासकै क्रममा उनीहरू मृत फेला परेका हुन्।
शव परीक्षणका लागि दुबैको शव टीकापुर अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारी अनुसार आरती श्रीमान्, सासू र देवर–देउरानीसँगै बस्दै आएकी थिइन्।
काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…