• भदौ १, २०८२
  • No Comment
  • 211

चार दिनदेखि बेपत्ता आमा–छोरी रूखमा झुन्डिएको अवस्थामा मृत फेला

कैलाली – चार दिनदेखि बेपत्ता रहेकी एक आमा र उनकी छोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। घोडाघोडी नगरपालिका–७ निवासी २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी १० महिनाकी छोरी अनुजा चौधरी शुक्रबार बिहान सामुदायिक वनभित्र मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार उनीहरू घर नजिकैको गौरीशंकर सामुदायिक वनमा एउटै रूखमा फरक–फरक पासोमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

आरती २९ साउनदेखि छोरीसहित बेपत्ता भएको परिवारले प्रहरीमा निवेदन दिएको थियो। खोजतलासकै क्रममा उनीहरू मृत फेला परेका हुन्।

शव परीक्षणका लागि दुबैको शव टीकापुर अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारी अनुसार आरती श्रीमान्, सासू र देवर–देउरानीसँगै बस्दै आएकी थिइन्।

सम्बन्धित खबर

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

काठमाडौं । पछिल्लो समय वायु प्रदूषण बढेसँगै धेरै मानिसमा घाँटी खसखस हुने, चिलाउने, बारम्बार खकार निकाल्न मन लाग्ने तथा खोकी लागिरहने…
कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

सुर्खेत, जेठ १५ — बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार तथा मानव बेचबिखनजस्ता…
चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु वडा अध्यक्ष र प्रहरीको रोहवरमा नष्ट

चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा घाटगाउँको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *