साउन ३० – काठमाडौं महानगरपालिकाले मनोहरास्थित सुकुम्बासी बस्तीमा डोजर चलाउँदै अवैध संरचना भत्काएको छ। शुक्रबार नगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा पुगेको टोलीले घर, टहरा र अन्य संरचना हटाएको हो।
अभियानका क्रममा नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि स्थानीय सुकुम्बासीहरूले ढुंगामुढा प्रहार समेत गरेका थिए। यस क्रममा केहीबेर तनावपूर्ण स्थिति उत्पन्न भएको बताइएको छ।
काठमाडौं र भक्तपुरको सीमामा पर्ने मनोहरा खोलाको किनारमा अवैध रूपमा नयाँ घर निर्माण भइरहेको सूचना पाएपछि महानगरले कार्यवाही अघि बढाएको हो। यसअघि व्यक्तिको निजी जग्गामा बनेका संरचना हटाउन ७ दिनको समय दिइएको थियो।
महानगरका अनुसार निर्धारित समयसीमा बितिसकेपछि समेत संरचना नहटाएपछि शुक्रबार डोजर चलाइएको हो।
काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…