• साउन २८, २०८२
  • No Comment
  • 238

अनेरास्ववियू (क्रान्तिकारी) कर्णाली प्रदेश समितिको निर्णय पार्टीबाट खारेज

सुर्खेत – अनेरास्ववियू (क्रान्तिकारी) कर्णाली प्रदेश समितिले श्रावण ८ गते भर्चुअल बैठकमार्फत गरेको निर्णय पार्टी कर्णाली प्रदेश समितिले बदर गरेको छ।

उक्त भर्चुअल बैठकमा पार्टी कर्णाली प्रदेश समितिका अध्यक्ष विमला केसी प्रमुख अतिथि र फ्र्याक्सन इन्चार्ज कृष्ण जीसी विशेष अतिथि रहेका थिए। बैठकमा संगठनका प्रदेश उपाध्यक्ष प्रकाश बिकले मध्यपश्चिम विश्वविद्यालय संयोजक तोक्ने र सचिवालय गठन गर्ने विषयमा असहमति जनाएका थिए। पार्टी अध्यक्ष र फ्र्याक्सन इन्चार्जले विवाद हुने निर्णय रोक्न निर्देशन दिए पनि, प्रदेश समिति अध्यक्षले एक सातापछि परिपत्र जारी गर्दै प्रदेश सचिवालय, कार्यलय सचिव, मध्यपश्चिम विश्वविद्यालय संयोजक तथा रिक्त जिल्लामा सह–संयोजक तोक्ने निर्णय गरेका थिए। यससँगै ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी)’ एक महिने अभियान सञ्चालन गर्ने घोषणासमेत गरिएको थियो।

उक्त निर्णयप्रति प्रदेश उपाध्यक्ष हिक्मत शाही, प्रकाश बिक, धुर्व शर्मा तथा मध्यपश्चिम विश्वविद्यालय इन्चार्ज दीपेन्द्र बहादुर शाहीले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका थिए। उनीहरूले विश्वविद्यालयमा संयोजक हुँदाहुँदै प्रदेशले आफ्नै गुटको संयोजक तोकेको आरोप लगाएका थिए।

यसबिच, श्रावण २७ गते अनेरास्ववियू (क्रान्तिकारी) मध्यपश्चिम विश्वविद्यालय राष्ट्रिय समितिले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा प्रदेशले तोकेको संयोजक दीपक खड्काले अराजक शैलीमा उपस्थित भएर लोकेश पोखरेलमाथि हातपात गरेको घटनापछि संगठनको केन्द्रीय समितिले ध्यानाकर्षण पत्र जारी गरेको थियो।

आज बिहान पार्टी प्रदेश समितिले उक्त घटनासहित, पार्टी अध्यक्ष र फ्र्याक्सन इन्चार्जको निर्देशन उल्लंघन गर्दै गरिएको निर्णयलाई बदर गरेको छ। साथै, विश्वविद्यालय सम्बन्धी उठेका समस्या समाधान नहुन्जेलसम्म कुनै कार्यक्रम नगर्न आदेश जारी गरिएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *