• साउन २४, २०८२
  • No Comment
  • 125

गाजा कब्जा योजनामा बढ्दो अन्तर्राष्ट्रिय दबाबलाई इजरायलको अस्वीकार

गाजा सिटीमाथि स्थायी नियन्त्रण गर्ने योजनालाई लिएर बढिरहेको अन्तर्राष्ट्रिय आलोचना इजरायलले अस्वीकार गरेको छ।

इजरायलका रक्षामन्त्री इसराइल कात्जले भने, हामीलाई निन्दा गर्ने वा प्रतिबन्धको धम्की दिने मुलुकहरूले हाम्रो संकल्प कमजोर पार्न सक्दैनन्। हाम्रा शत्रुहरूले हामीलाई अझ बलियो पाउनेछन् र हामी उनीहरूमाथि ठूलो शक्तिसाथ आक्रमण गर्नेछौं।

गाजा नियन्त्रणको निर्णयको संयुक्त राष्ट्रसंघ, बेलायत, फ्रान्स, क्यानडा लगायतका मुलुकहरूले कडा निन्दा गरेका छन्। जर्मनीले समेत इजरायललाई सैन्य सामग्री निर्यात रोक्ने घोषणा गरेको छ।

शुक्रबार इजरायली सुरक्षा मन्त्रिमण्डलले गाजा सिटी कब्जा योजनालाई अनुमोदन गर्दै पाँच बुँदे कार्ययोजना तय गरेको थियो। इजरायली मिडिया अनुसार योजनाको पहिलो चरणमा गाजा सिटीमाथि पूर्ण नियन्त्रण कायम गर्दै करिब १० लाख बासिन्दालाई दक्षिणतर्फ सार्ने तयारी छ।

यसअन्तर्गत मध्य गाजाका शरणार्थी शिविरहरू र बन्धक राखिएको हुनसक्ने क्षेत्रमा पनि नियन्त्रण स्थापित गरिनेछ। मानवीय सहायतामा वृद्धि गरेपछि केही हप्तापछि दोस्रो चरणको सैन्य आक्रमण गर्ने योजना रहेको बताइन्छ।

तर, यो निर्णयप्रति इजरायलभित्रै पनि असहमति देखिएको छ। विरोध गर्नेमा केही उच्च सैन्य अधिकारीहरू र गाजामा बन्धक बनाइएका व्यक्तिका परिवारहरू छन्।

हमासले गाजा कब्जा योजनालाई  नयाँ युद्ध अपराध भन्दै इजरायललाई यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ।

सम्बन्धित खबर

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका…
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *