• साउन २४, २०८२
  • No Comment
  • 122

गाजा कब्जा योजनामा बढ्दो अन्तर्राष्ट्रिय दबाबलाई इजरायलको अस्वीकार

गाजा सिटीमाथि स्थायी नियन्त्रण गर्ने योजनालाई लिएर बढिरहेको अन्तर्राष्ट्रिय आलोचना इजरायलले अस्वीकार गरेको छ।

इजरायलका रक्षामन्त्री इसराइल कात्जले भने, हामीलाई निन्दा गर्ने वा प्रतिबन्धको धम्की दिने मुलुकहरूले हाम्रो संकल्प कमजोर पार्न सक्दैनन्। हाम्रा शत्रुहरूले हामीलाई अझ बलियो पाउनेछन् र हामी उनीहरूमाथि ठूलो शक्तिसाथ आक्रमण गर्नेछौं।

गाजा नियन्त्रणको निर्णयको संयुक्त राष्ट्रसंघ, बेलायत, फ्रान्स, क्यानडा लगायतका मुलुकहरूले कडा निन्दा गरेका छन्। जर्मनीले समेत इजरायललाई सैन्य सामग्री निर्यात रोक्ने घोषणा गरेको छ।

शुक्रबार इजरायली सुरक्षा मन्त्रिमण्डलले गाजा सिटी कब्जा योजनालाई अनुमोदन गर्दै पाँच बुँदे कार्ययोजना तय गरेको थियो। इजरायली मिडिया अनुसार योजनाको पहिलो चरणमा गाजा सिटीमाथि पूर्ण नियन्त्रण कायम गर्दै करिब १० लाख बासिन्दालाई दक्षिणतर्फ सार्ने तयारी छ।

यसअन्तर्गत मध्य गाजाका शरणार्थी शिविरहरू र बन्धक राखिएको हुनसक्ने क्षेत्रमा पनि नियन्त्रण स्थापित गरिनेछ। मानवीय सहायतामा वृद्धि गरेपछि केही हप्तापछि दोस्रो चरणको सैन्य आक्रमण गर्ने योजना रहेको बताइन्छ।

तर, यो निर्णयप्रति इजरायलभित्रै पनि असहमति देखिएको छ। विरोध गर्नेमा केही उच्च सैन्य अधिकारीहरू र गाजामा बन्धक बनाइएका व्यक्तिका परिवारहरू छन्।

हमासले गाजा कब्जा योजनालाई  नयाँ युद्ध अपराध भन्दै इजरायललाई यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *