• साउन २४, २०८२
  • No Comment
  • 157

आस्था, सुरक्षा र सम्बन्धको पर्व रक्षाबन्धन तथा जनै पूर्णिमा देशभर उल्लासपूर्वक मनाइदैं

काठमाडौं – आस्था, धार्मिक विश्वास र पारिवारिक सम्बन्धको प्रतीक पर्व रक्षाबन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) शनिबार देशभर हर्षोल्लासका साथ मनाइदैं।

श्रावण शुक्ल पूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीहरूले बिहानै नदी, ताल, पोखरीमा स्नान गरी गुरु पुरोहितबाट मन्त्रिएको नयाँ यज्ञोपवीत (जनै) र रक्षासूत्र (डोरो) धारण गरे। धार्मिक मान्यताअनुसार अभिमन्त्रित रक्षासूत्रले नकारात्मक तत्व, भय र रोगबाट सुरक्षा दिने विश्वास छ। तागाधारीहरूले आज पुरानो जनै फेरेर नयाँ धारण गरेका थिए, जसलाई आत्मशुद्धि र ज्ञानको निरन्तरताको प्रतीक मानिन्छ।

पर्वको सांस्कृतिक पक्षमा विशेष परिकार ‘क्वाँटी’ खाने परम्परा रहेको छ। ११ थरीका गेडागुडी मिसाएर बनाइने यो पौष्टिक परिकारले वर्षायामको चिसो हटाउने, पाचन सुधार्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने मान्यता छ।

तराई क्षेत्रमा दिदीबहिनीहरूले दाजुभाइको नाडीमा राखी बाँधी दीर्घायु र सफलताको कामना गर्ने तथा दाजुभाइले दिदीबहिनीलाई उपहारसहित सधैं रक्षा गर्ने वचन दिने परम्परा यस अवसरमा विशेष रह्यो। राखी परम्परा पहाडी क्षेत्रमा पनि विस्तार हुँदै सांस्कृतिक सद्भाव बलियो बनाउँदै गएको छ।

देशभरका प्रमुख धार्मिक स्थलहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको थियो। काठमाडौंको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधामस्थित धनुषसागर र गङ्गासागर तथा जुम्लाको दानसाधु कुण्डलगायतका तीर्थस्थलमा विशेष मेला भई स्नान, पूजाआजा र धार्मिक अनुष्ठान सम्पन्न गरियो।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *