• साउन २३, २०८२
  • No Comment
  • 161

बिरेन्द्रनगरमा अधिवक्ताको परीक्षा दिन आएका परीक्षार्थी मापसे गरी मातेर पक्राउ

सुर्खेत । कानुन व्यवसायी बन्नका लागि लिइने अधिवक्ता तहको परीक्षामा एक परीक्षार्थी मादक पदार्थ सेवन (मापसे) गरी होहल्ला गरेपछि पक्राउ परेका छन्। सुर्खेतको बिरेन्द्रनगरमा सञ्चालित नेपाल कानुन व्यवसायी परिषद्को ३३ औँ अधिवक्ता तहको परीक्षा केन्द्रबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा जिल्ला दैलेख, दुल्लु नगरपालिका-५ निवासी ४५ वर्षीय नगेन्द्र बहादुर थापा रहेका छन्। बिरेन्द्रनगर नगरपालिका-१३, गुप्तीपुरस्थित श्री अमर ज्योति नमुना माविको परीक्षा केन्द्रमा थापाले मापसे गरी परीक्षा सञ्चालनमा बाधा पुर्‍याएका थिए।

परीक्षा हलमा उनले होहल्ला गर्ने र अमर्यादित व्यवहार देखाएपछि परीक्षामा खटिएका सुरक्षाकर्मी तथा केन्द्राध्यक्षले प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै पुगेको प्रहरी टोलीले उनलाई परीक्षा केन्द्रबाटै नियन्त्रणमा लिएको हो।

पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा राखिएको छ र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कानुनको रक्षक बन्नका लागि दिइने गम्भीर परीक्षामा नै परीक्षार्थीले यस्तो हर्कत देखाएपछि घटनाले सबैलाई चकित बनाएको छ।

सम्बन्धित खबर

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

 काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वास्तविक सुकुम्वासीको पहिचान गर्न भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत परीक्षण प्रक्रिया सुरु गरेको…
लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको जोखिम

लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको…

 काठमाडौं — देशभर मौसममा बदली भएसँगै विभिन्न स्थानमा वर्षा, हावाहुरी तथा असिनाको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत…
चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन बच्ने उपाय

चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन…

 काठमाडौं — देशभर चिसो बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखापर्ने जोखिम पनि बढेको छ। काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, हिमपात र बाक्लो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *