• साउन २३, २०८२
  • No Comment
  • 68

बिरेन्द्रनगरमा अधिवक्ताको परीक्षा दिन आएका परीक्षार्थी मापसे गरी मातेर पक्राउ

सुर्खेत । कानुन व्यवसायी बन्नका लागि लिइने अधिवक्ता तहको परीक्षामा एक परीक्षार्थी मादक पदार्थ सेवन (मापसे) गरी होहल्ला गरेपछि पक्राउ परेका छन्। सुर्खेतको बिरेन्द्रनगरमा सञ्चालित नेपाल कानुन व्यवसायी परिषद्को ३३ औँ अधिवक्ता तहको परीक्षा केन्द्रबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा जिल्ला दैलेख, दुल्लु नगरपालिका-५ निवासी ४५ वर्षीय नगेन्द्र बहादुर थापा रहेका छन्। बिरेन्द्रनगर नगरपालिका-१३, गुप्तीपुरस्थित श्री अमर ज्योति नमुना माविको परीक्षा केन्द्रमा थापाले मापसे गरी परीक्षा सञ्चालनमा बाधा पुर्‍याएका थिए।

परीक्षा हलमा उनले होहल्ला गर्ने र अमर्यादित व्यवहार देखाएपछि परीक्षामा खटिएका सुरक्षाकर्मी तथा केन्द्राध्यक्षले प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै पुगेको प्रहरी टोलीले उनलाई परीक्षा केन्द्रबाटै नियन्त्रणमा लिएको हो।

पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा राखिएको छ र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कानुनको रक्षक बन्नका लागि दिइने गम्भीर परीक्षामा नै परीक्षार्थीले यस्तो हर्कत देखाएपछि घटनाले सबैलाई चकित बनाएको छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *