• साउन २२, २०८२
  • No Comment
  • 249

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब नसर्ने गरी तोक्न आग्रह: मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब प्रभावित नहोस् भन्ने उद्देश्यले मिति तोक्दा नसर्ने गरी तोक्न संघीय सरकारलाई आग्रह गरेका छन्। आज सुर्खेतमा युवा तथा खेलकुद मन्त्री तेजु चौधरीसँग भएको छलफलमा मुख्यमन्त्री कँडेलले पटक–पटक मिति तोकिए पनि प्रतियोगिता नहुँदा नकारात्मक सन्देश गएको बताए ।  अब त्यस्तो गल्ती दोहोरिनु हुँदैन,  उनले भने,  हामी प्रतिबद्ध छौं, तयारीमा जुटेका छौं, तर आयोजक संघीय सरकार हो ।

मुख्यमन्त्री कँडेलले मिति तय गर्दा संघीय र प्रदेश सरकारबीच स्पष्ट तालिका र जिम्मेवारी तय गर्नुपर्ने सुझाव दिए। साथै, अघिल्लो तयारीमा देखिएको कमजोरी नदोहोऱ्याउन पनि सचेत गराए। उपसमितिहरूको गठनमा असन्तुष्टि व्यक्त गर्दै उनले भने, “जम्बो उपसमिति होइन, आवश्यक जनशक्ति ल्याएर प्रभावकारी बनाउनुहोस् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रतियोगिता सर्न नदिन निर्देशन दिइसकेको भन्दै मुख्यमन्त्री कँडेलले सोहीअनुसार काम गर्न खेलकुद मन्त्रीलाई सुझाव दिए।

उनका अनुसार, प्रतियोगिता सफल बनाउन प्रदेश सरकार पुरै सक्रिय छ। रंगशालासहित बाँकी पूर्वाधारको काम तत्काल अघि बढाइने र रिक्त रहेका खेलकुद परिषद्का पदहरूमा नियुक्तिको प्रक्रिया पनि सुरू भइसकेको जानकारी दिए । खेलकुद मन्त्री चौधरीले प्रतियोगिताको मिति अब नसर्ने गरी तयारी भइरहेको भन्दै ढुक्क रहन आग्रह गरे। उनले २४ वटा खेलको लागि सुर्खेत आसपास क्षेत्रको तयारी भइसकेको बताए । छलफलमा आर्थिक मामिला मन्त्री राजीवबिक्रम शाह, सामाजिक विकास मन्त्री धनश्याम भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *