• साउन २०, २०८२
  • No Comment
  • 128

युरिक एसिड समस्या हुँदा खानपानमा के ध्यान दिने?

शरीरमा युरिक एसिडको मात्रा सन्तुलनमा नरहँदा विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्ने चिकित्सकहरू बताउँछन्। प्रोटिनयुक्त खाना पचाउने क्रममा बन्ने “प्यूरिन” नामक पदार्थको विघटनबाट शरीरमा युरिक एसिड बन्ने गर्छ।

सामान्य अवस्थामा युरिक एसिड रगतमा घुलनशील भएर पिसाबमार्फत बाहिरिन्छ। तर, किड्नीमा समस्या आएमा वा अत्यधिक प्यूरिनयुक्त खाना खाँदा यसको मात्रा बढ्न थाल्छ। यस्तो अवस्थामा गाउट, जोर्नी दुख्ने, मृगौलामा पथरी बन्ने, तथा मुटु तथा मेटाबोलिक रोगको खतरा बढ्ने विज्ञहरू बताउँछन्।

युरिक एसिड नियन्त्रण गर्न के खाने ?
चिकित्सकका अनुसार युरिक एसिड घटाउन फलफूल, सब्जी, कम फ्याट भएका दूधजन्य पदार्थ, र पर्याप्त पानी सेवन गर्नु उपयुक्त हुन्छ।

– फलफूल: स्याउ, चेरी, नाशपाती, किवी, अंगूर आदि
– सब्जी: गाजर, आलु, भिन्डी, तोरी, करेला, फूलगोभी आदि
– अन्न: ओट्स, ब्राउन राइस, जौ, क्विनोआ
– दूधजन्य: स्किम मिल्क, दही, पनीर
– अन्य: बदाम, काजु, अखरोटजस्ता सुक्खा मेवा

के नखाने ?
युरिक एसिड बढेको अवस्थामा रातो मासु, झींगा, सार्डिन, माछा, मसूर दाल, चना, अत्यधिक नुन र चिनी भएको खाना, जंक फूड, बीयर, मदिरा तथा फ्रुक्टोजयुक्त पेय पदार्थ जस्ता खानेकुरा टाढा राख्नुपर्ने चिकित्सकको सुझाव छ।

जीवनशैलीमा सुधार आवश्यक
– नियमित व्यायाम
– तौल नियन्त्रण
– प्रशोधित तथा अत्यधिक फ्याटयुक्त खाना त्याग

स्वास्थ्य समस्या देखिएमा चिकित्सकको सल्लाह अनुसार डाइट प्लान बनाउनु सबैभन्दा उपयुक्त हुने विज्ञहरूको सुझाव छ। सही खानपान र नियमित जीवनशैली अपनाउँदा युरिक एसिडको समस्या नियन्त्रणमा राख्न सकिने विशेषज्ञहरूको भनाइ छ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *