• साउन १९, २०८२
  • No Comment
  • 0

सुर्खेतमा दैलेखी संस्कृतिको रौनक: वीरेन्द्रनगरमा दुई दिने ‘लाखे नाच’ महोत्सव, कहाँ र कहिले हेर्ने?

सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेत अबको दुई दिन दैलेखको मौलिक सांस्कृतिक चिनारी ‘लाखे नाच’मा झुम्ने भएको छ। दैलेखी सेवा समाज, सुर्खेतले आफ्नो कला, संस्कृति र परम्परालाई जीवन्त राख्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने पवित्र उद्देश्यका साथ यही साउन १९ र २० गते भव्य लाखे नाच प्रदर्शन गर्न लागेको हो। ‘परम्परा र कला संस्कृतिको उत्थान—लाखे नाच २०८२’ भन्ने मूल नारासहित आयोजना हुन लागेको यो कार्यक्रमले वीरेन्द्रनगरमा सांस्कृतिक उत्सवको माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ।

यस कार्यक्रमको मुख्य आकर्षणको रूपमा दैलेखबाट आएका तीन प्रतिष्ठित लाखे समूहहरू—भगवती क्लब, ज्वाला क्लब र एभरेष्ट क्लबले आफ्नो बेजोड प्रस्तुति दिनेछन्। साउन १९ गते दिउँसो २ बजे कालिनचोकस्थित कृष्ण मन्दिरबाट सुरु हुने नाचको लर्को वीरेन्द्रनगर नगरपालिका कार्यालय, घण्टाघर, लाटीकोइली डाँडा हुँदै साँझ ५ बजे मंगलगढी चोकबाट गणेश चोकमा पुगेर समापन हुनेछ। त्यसैगरी, साउन २० गते वीरेन्द्रनगरका विभिन्न बजार, विद्यालय, तथा टोलहरूमा दर्शकको मागअनुसार नाच देखाइने आयोजकले जनाएको छ।

यो विशेष प्रस्तुतिले स्थानीय कलाप्रेमीहरूलाई दैलेखको सांस्कृतिक धरोहरसँग साक्षात्कार गराउने मात्र नभई कला र संस्कृतिको आदानप्रदानका लागि एउटा महत्त्वपूर्ण अवसर प्रदान गर्ने समाजसेवी शुसिल केसी बताउँछन्। यसले यहाँका बालबालिका तथा युवाहरूमा आफ्नो मौलिक संस्कृतिप्रति चासो र सम्मान बढाउने विश्वास लिइएको छ।

सम्बन्धित खबर

कर्णाली प्रदेशको खेलकुदमा नयाँ नेतृत्व: प्रमोद हमालको काँधमा जिम्मेवारी, को-को छन् टिममा?

कर्णाली प्रदेशको खेलकुदमा नयाँ नेतृत्व: प्रमोद हमालको काँधमा जिम्मेवारी,…

सुर्खेत।सुर्खेतमा सम्पन्न प्रदेश अधिवेशनबाट नेकपा एमाले निकटको नेपाल खेलकुद महासंघ, कर्णाली प्रदेशले नयाँ नेतृत्व पाएको छ। महासंघको स्थायी कमिटी सदस्यसमेत रहेका…
मुगुमा निरन्तर वर्षा: ९ घर भत्किए, परिवारहरू उठिबासमा

मुगुमा निरन्तर वर्षा: ९ घर भत्किए, परिवारहरू उठिबासमा

मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका–१० स्थित चराप गाउँमा लगातारको अविरल वर्षाका कारण नौ घर प्रभावित भएका छन्। साउन ११ गतेदेखि १४…
जाजरकोटको अनौठो समस्या: घाम डुबेपछि मोबाइल नेटवर्क पनि बन्द, रातभरि सम्पर्कविहीन हुन्छन् स्थानीय

जाजरकोटको अनौठो समस्या: घाम डुबेपछि मोबाइल नेटवर्क पनि बन्द,…

जाजरकोट। जाजरकोटको शिवालय गाउँपालिकामा विगत दुई महिनादेखि स्थानीय बासिन्दाले एक अनौठो र गम्भीर समस्या भोगिरहेका छन्। यहाँ हरेक दिन घाम अस्ताएसँगै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *