- साउन १८, २०८२
- No Comment
- 84
सुनको भाउ एकैदिन ३,४०० रुपैयाँले बढ्यो

आइतबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो कारोबार दिन, अर्थात शुक्रबार, सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ थियो । यो हिसाबले आज एकैदिन ३ हजार ४ सय रुपैयाँले मूल्य वृद्धि भएको हो ।
यसअघि, वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दु १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो। आजको मूल्य त्यससँग निकै नजिक पुगेको छ, जसले बजारमा पुनः रेकर्ड तोडिने सम्भावनालाई बल दिएको छ। त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार प्रतितोला २ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले बढेर २ हजार २ सय ५० रुपैयाँमा पुगेको छ।