• साउन १७, २०८२
  • No Comment
  • 87

पार्टीमा अन्तरविरोध भएपछि कालिबहादुरको कथा

काठमाडौं, साउन १७ – नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक शुक्रबारदेखि राजधानीमा जारी छ। शनिबारसम्म आइपुग्दा २५ जना नेताले धारणा राखिसकेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको चलिरहेको अन्तरविरोध बैठकको मुख्य सरोकार बनेको छ।

बैठकमा अधिकांश नेताले अध्यक्ष प्रचण्डको पक्षमा धारणा राखेका छन् भने शर्माले पार्टीबाहिर सार्वजनिक अभिव्यक्ति दिएको विषयमा आत्मालोचना गर्नुपर्ने सुझावसमेत दिएका छन्। यिनै बहसबीच स्थायी समिति सदस्य कालीबहादुर मल्लले बैठकमा एउटा गहिरो सन्देश दिने कथा सुनाए — यमराजको कथा।

मल्लले माओवादी आन्दोलन पुनः गति लिइरहेको सन्दर्भमा नेताबीच देखिएको अन्तरविरोधले फेरि पुरानै अवस्थामा फर्काउने खतरा रहेको चिन्ता व्यक्त गरे। “जनतामा आकर्षण बढिरहेको छ। तर, नेताहरूको आपसी असमझदारी र मिडियामा आएका बयानले हामीलाई फेरि पछाडि धकेल्न सक्छ,” उनले भने।

त्यसपछि उनले यमराजको कथा सुनाएर आफ्नो सन्देश प्रस्ट पारे।

एक दिन यमराज मृत्युलाई लिन पृथ्वीमा आउँछन्। ती मानिसले यमराजलाई चिया पकाएर सत्कार गर्छन् र चियामा निद्राको गोली हाल्छन्। यमराज निदाउँछन्। मानिसले यमराजको डायरी पल्टाएर आफ्नो नाम पहिलोबाट हटाएर अन्तिममा राख्छ। तर जब यमराज ब्युँझिन्छन्, उनी भन्छन् – “तिमीले मलाई चिया खुवायौ, म तिमीलाई लैजान्नँ, बरु अन्तिममा जो छ, उसैलाई लैजान्छु।” अनि तिनीले फेरि त्यही मानिसलाई लैजान्छन्।

मल्लले यो कथा सुनाउँदै भने — “यही कथा जस्तै, हामीले अन्तरविरोधलाई छलेर अगाडि बढ्न खोजे पनि अन्त्यमा हामी आफैँ फस्न सक्छौं। पार्टीभित्रको अनुशासन र एकतामा हामी स्पष्ट नहुन्जेल, उपलब्धि जोगिन सक्दैन।”

माओवादी केन्द्रको बैठक अझै जारी छ। नेतृत्वबीचको मतभेद समाधान हुँदै जाला, तर मल्लले सुनाएको कथा धेरै नेताका मनमा गहिरो प्रश्न छोडेर गएको छ — के अन्तरविरोध समाधान नगरी आन्दोलन अघि बढ्न सक्छ?

सम्बन्धित खबर

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *