• साउन १७, २०८२
  • No Comment
  • 175

पार्टीमा अन्तरविरोध भएपछि कालिबहादुरको कथा

काठमाडौं, साउन १७ – नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक शुक्रबारदेखि राजधानीमा जारी छ। शनिबारसम्म आइपुग्दा २५ जना नेताले धारणा राखिसकेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको चलिरहेको अन्तरविरोध बैठकको मुख्य सरोकार बनेको छ।

बैठकमा अधिकांश नेताले अध्यक्ष प्रचण्डको पक्षमा धारणा राखेका छन् भने शर्माले पार्टीबाहिर सार्वजनिक अभिव्यक्ति दिएको विषयमा आत्मालोचना गर्नुपर्ने सुझावसमेत दिएका छन्। यिनै बहसबीच स्थायी समिति सदस्य कालीबहादुर मल्लले बैठकमा एउटा गहिरो सन्देश दिने कथा सुनाए — यमराजको कथा।

मल्लले माओवादी आन्दोलन पुनः गति लिइरहेको सन्दर्भमा नेताबीच देखिएको अन्तरविरोधले फेरि पुरानै अवस्थामा फर्काउने खतरा रहेको चिन्ता व्यक्त गरे। “जनतामा आकर्षण बढिरहेको छ। तर, नेताहरूको आपसी असमझदारी र मिडियामा आएका बयानले हामीलाई फेरि पछाडि धकेल्न सक्छ,” उनले भने।

त्यसपछि उनले यमराजको कथा सुनाएर आफ्नो सन्देश प्रस्ट पारे।

एक दिन यमराज मृत्युलाई लिन पृथ्वीमा आउँछन्। ती मानिसले यमराजलाई चिया पकाएर सत्कार गर्छन् र चियामा निद्राको गोली हाल्छन्। यमराज निदाउँछन्। मानिसले यमराजको डायरी पल्टाएर आफ्नो नाम पहिलोबाट हटाएर अन्तिममा राख्छ। तर जब यमराज ब्युँझिन्छन्, उनी भन्छन् – “तिमीले मलाई चिया खुवायौ, म तिमीलाई लैजान्नँ, बरु अन्तिममा जो छ, उसैलाई लैजान्छु।” अनि तिनीले फेरि त्यही मानिसलाई लैजान्छन्।

मल्लले यो कथा सुनाउँदै भने — “यही कथा जस्तै, हामीले अन्तरविरोधलाई छलेर अगाडि बढ्न खोजे पनि अन्त्यमा हामी आफैँ फस्न सक्छौं। पार्टीभित्रको अनुशासन र एकतामा हामी स्पष्ट नहुन्जेल, उपलब्धि जोगिन सक्दैन।”

माओवादी केन्द्रको बैठक अझै जारी छ। नेतृत्वबीचको मतभेद समाधान हुँदै जाला, तर मल्लले सुनाएको कथा धेरै नेताका मनमा गहिरो प्रश्न छोडेर गएको छ — के अन्तरविरोध समाधान नगरी आन्दोलन अघि बढ्न सक्छ?

सम्बन्धित खबर

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

 काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वास्तविक सुकुम्वासीको पहिचान गर्न भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत परीक्षण प्रक्रिया सुरु गरेको…
लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको जोखिम

लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षा, देशभर हावाहुरी र असिनाको…

 काठमाडौं — देशभर मौसममा बदली भएसँगै विभिन्न स्थानमा वर्षा, हावाहुरी तथा असिनाको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत…
चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन बच्ने उपाय

चिसो मौसममा देखापर्ने प्रमुख १० स्वास्थ्य समस्या, यस्ता छन…

 काठमाडौं — देशभर चिसो बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखापर्ने जोखिम पनि बढेको छ। काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, हिमपात र बाक्लो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *