• साउन १६, २०८२
  • No Comment
  • 119

चक्रे मिलनको बर्थडे पाटीमा प्रहरीको छापा, ४७ जना पक्राउ

काठमाडौँ।  प्रहरीले गण्डागर्दीमा संलग्न चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढीलाई पक्राउ गरेको छ । गएराति ठमेल र महाराजगन्ज क्षेत्रबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

ठमेल र महाराजगन्ज क्षेत्रमा सक्रिय रहेको प्रहरीले सादा पोशाकमा अपरेसन गर्दै चक्रे मिलनसहित ४७ जना भन्दा बढीलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा काठमाडौँ प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले अपरेसन सञ्चालन गरेको थियो।

प्रहरीका अनुसार चक्रे मिलनलाई महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ गरिएको हो, जहाँ उनी जन्मदिनको पाटी मनाइरहेका थिए।
यस्तै, ठमेल र महाराजगन्ज क्षेत्रबाट अवैध गतिविधिमा संलग्न केही अन्य व्यक्तिहरूलाई पनि पक्राउ गरिएको छ।

उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङका अनुसार, पक्राउ परेकाहरूमा विगतदेखि नै हप्ता असुली र झैझगडा गर्ने व्यक्तिहरू समावेश छन्।

यही क्रममा, ‘सानुभाइ’को नामले चिनिने युवराज गुरुङलाई पनि प्रहरीले बुधबार राति पक्राउ गरेको थियो।
उनी भक्तपुरको नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा भएको झगडामा संलग्न थिए।

रेस्टुराँ र रात्रिक्लबमा बसेर विवाद गरिने र हप्ता असुली हुने गुनासोपछि प्रहरीले गुण्डागर्दीविरुद्ध काठमाडौं उपत्यकामा एक विशेष अपरेसन चलाएको थियो।

पक्राउ परेकाहरूको स्क्रिनिङपछि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

Beyond the Baubles: Dissecting the Allure of Fat Santa…

Introduction: Why This Slot Matters to You For those of us who navigate the digital casino landscape with seasoned eyes, the…

Desvende os Segredos do LamaBet: Um Guia Essencial para…

Introdução: A Chave para Maximizar os Seus Ganhos Para o apostador experiente, a busca por novas plataformas e estratégias é constante.…

Německé online kasino bonus bez vkladu: Zlatý důl pro…

Úvod: Proč by si analytici měli všímat německých bonusů bez vkladu Pro odborníky v oblasti hazardního průmyslu je pochopení trendů a…

Leave a Reply

Your email address will not be published. Required fields are marked *