- साउन १३, २०८२
- No Comment
- 83
नेप्से ३ हजार नाघ्दा कारोबार १८ अर्बभन्दा बढी पुग्यो

साताको तेस्रो कारोबार दिन नेपाली शेयर बजार उत्साहजनक रूपमा उकालो लागेको छ। नेप्से परिसूचक आज ३०.४९ अंकले वृद्धि हुँदै ३,००१.८० विन्दुमा पुगेको छ, जसले बजारले तीन हजारको मनोवैज्ञानिक सिमा पार गरेको संकेत गर्छ।
आजको दिन कुल कारोबार रकम १८ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी पुगेको छ, जुन हालसम्मको उच्च कारोबारमध्ये एक हो। शेयर बजारमा निरन्तर सकारात्मक संकेत देखिएसँगै लगानीकर्ताको मनोबल थप बढेको देखिन्छ ।