• साउन १२, २०८२
  • No Comment
  • 92

सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता, घरमा घरेलु जनावर मात्र भेटिए

सिन्धुली — सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिकको भण्डास बिप्पर कटेरी  स्थानमा बसोबास गर्दै आएका एकै परिवारका १६ जना बेपत्ता भएका छन्।

उर्मिला हायुको परिवारका सबै सदस्यहरू सोमबार बिहानदेखि सम्पर्कविहीन भएपछि स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा खबर गरेका थिए। सोही सूचनाका आधारमा प्रहरीको टोली खोजीकार्यमा खटिएको छ।

प्रहरीका अनुसार हायुको घरमा सामान्य क्षति देखिएको छ भने घरमा पालेका कुखुरा, बाख्रा र भैंसीहरू अलपत्र अवस्थामा भेटिएका छन्।

बेपत्ता परिवारको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। हालसम्म परिवारका कुनै सदस्यको अत्तोपत्तो लागेको छैन।

स्थानीयबासी घटनाप्रति अचम्मित छन् भने सम्भावित अपहरण वा अन्य आपराधिक गतिविधिको आशंका पनि गरिँदैछ। प्रहरीले अनुसन्धानका सबै सम्भावित कोणबाट काम अघि बढाएको जनाएको छ।

 

सम्बन्धित खबर

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या…
चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण…

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु…
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी…

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *