• साउन १२, २०८२
  • No Comment
  • 173

सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता, घरमा घरेलु जनावर मात्र भेटिए

सिन्धुली — सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिकको भण्डास बिप्पर कटेरी  स्थानमा बसोबास गर्दै आएका एकै परिवारका १६ जना बेपत्ता भएका छन्।

उर्मिला हायुको परिवारका सबै सदस्यहरू सोमबार बिहानदेखि सम्पर्कविहीन भएपछि स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा खबर गरेका थिए। सोही सूचनाका आधारमा प्रहरीको टोली खोजीकार्यमा खटिएको छ।

प्रहरीका अनुसार हायुको घरमा सामान्य क्षति देखिएको छ भने घरमा पालेका कुखुरा, बाख्रा र भैंसीहरू अलपत्र अवस्थामा भेटिएका छन्।

बेपत्ता परिवारको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। हालसम्म परिवारका कुनै सदस्यको अत्तोपत्तो लागेको छैन।

स्थानीयबासी घटनाप्रति अचम्मित छन् भने सम्भावित अपहरण वा अन्य आपराधिक गतिविधिको आशंका पनि गरिँदैछ। प्रहरीले अनुसन्धानका सबै सम्भावित कोणबाट काम अघि बढाएको जनाएको छ।

 

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *