• साउन ११, २०८२
  • No Comment
  • 354

सुर्खेतमा नेशनल प्याब्सनकाे अन्तरविद्यालय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न

सुर्खेतमा नेशनल प्याब्सनकाे अन्तरविद्यालय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न

सुर्खेत, साउन १० — नेशनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एशोसिएसन नेपाल (नेशनल प्याब्सन) जिल्ला समिति सुर्खेतको आयोजनामा वीरेन्द्रनगरस्थित सुभ होटलमा अन्तरविद्यालय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा २२ वटा सदस्य विद्यालयहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यालयका संरक्षक, प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरू, तथा विभिन्न तहका अतिथि, पदाधिकारी र प्रतिनिधिहरूको  उपस्थिति रहेको थियो । कार्यक्रमको सभाध्यक्ष नेशनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एशोसिएसन नेपाल (नेशनल प्याब्सन) जिल्ला समिति सुर्खेतका अध्यक्ष कुसुम भट्टराईले गर्नु भएकाे थियाे भने प्रमुख अतिथिको रूपमा नेसनल प्याब्सन केन्द्रीय समितिका उपाध्यक्ष कमल कुमार सिंहको उपस्थिति रहेको थियो ।  साथै केन्द्रीय कमिटि, प्रदेश कमिटि, जिल्ला कमिटि, नगर कमिटि र नाम्स कमिटिका पदाधिकारी तथा सदस्यहरू पनि कार्यक्रममा सहभागी भएका थिए ।

वक्तृत्वकला प्रतियोगिता माध्यमिक तहका विद्यार्थीहरूका लागि आयोजना गरिएको थियो भने हस्तलेखन प्रतियोगिता आधारभूत तहका विद्यार्थीहरूका लागि  आयोजना गरिएकाे थियो । कार्यक्रमको अन्त्यमा जिल्ला सचिव दिपक खड्काले प्रतियोगितामा सहभागी सबै विद्यालय, शिक्षक, विद्यार्थी, अतिथि, संरक्षक तथा आयोजक टोलीप्रति आभार प्रकट गर्दै विशेष धन्यवाद व्यक्त गरेका थिए । उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास, सृजनात्मकता र भाषिक क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

वक्तृत्वकला प्रतियाेगीतामा  प्रथम उत्तर गंगा कर्णाली स्कूल, द्वितीय डी.भी. निकेतन र तृतीय स्थान  एड्भान्स बेटर इङ्लिश स्कूलले हासिल गरेका थिए । त्यस्तै हस्तलेखन प्रतियोगितामा प्रथम विद्याज्योती निकेतन,द्वितीय अरनिको स्कूल र तृतीय स्थान विश्वज्योती स्कूलले हासिल गरेका थिए । यस्ता कार्यक्रमहरूले विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता र भाषिक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजककाे भनाइ छ ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *