• साउन ११, २०८२
  • No Comment
  • 212

सुर्खेतमा नेशनल प्याब्सनकाे अन्तरविद्यालय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न

सुर्खेतमा नेशनल प्याब्सनकाे अन्तरविद्यालय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न

सुर्खेत, साउन १० — नेशनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एशोसिएसन नेपाल (नेशनल प्याब्सन) जिल्ला समिति सुर्खेतको आयोजनामा वीरेन्द्रनगरस्थित सुभ होटलमा अन्तरविद्यालय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा २२ वटा सदस्य विद्यालयहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यालयका संरक्षक, प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरू, तथा विभिन्न तहका अतिथि, पदाधिकारी र प्रतिनिधिहरूको  उपस्थिति रहेको थियो । कार्यक्रमको सभाध्यक्ष नेशनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एशोसिएसन नेपाल (नेशनल प्याब्सन) जिल्ला समिति सुर्खेतका अध्यक्ष कुसुम भट्टराईले गर्नु भएकाे थियाे भने प्रमुख अतिथिको रूपमा नेसनल प्याब्सन केन्द्रीय समितिका उपाध्यक्ष कमल कुमार सिंहको उपस्थिति रहेको थियो ।  साथै केन्द्रीय कमिटि, प्रदेश कमिटि, जिल्ला कमिटि, नगर कमिटि र नाम्स कमिटिका पदाधिकारी तथा सदस्यहरू पनि कार्यक्रममा सहभागी भएका थिए ।

वक्तृत्वकला प्रतियोगिता माध्यमिक तहका विद्यार्थीहरूका लागि आयोजना गरिएको थियो भने हस्तलेखन प्रतियोगिता आधारभूत तहका विद्यार्थीहरूका लागि  आयोजना गरिएकाे थियो । कार्यक्रमको अन्त्यमा जिल्ला सचिव दिपक खड्काले प्रतियोगितामा सहभागी सबै विद्यालय, शिक्षक, विद्यार्थी, अतिथि, संरक्षक तथा आयोजक टोलीप्रति आभार प्रकट गर्दै विशेष धन्यवाद व्यक्त गरेका थिए । उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास, सृजनात्मकता र भाषिक क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

वक्तृत्वकला प्रतियाेगीतामा  प्रथम उत्तर गंगा कर्णाली स्कूल, द्वितीय डी.भी. निकेतन र तृतीय स्थान  एड्भान्स बेटर इङ्लिश स्कूलले हासिल गरेका थिए । त्यस्तै हस्तलेखन प्रतियोगितामा प्रथम विद्याज्योती निकेतन,द्वितीय अरनिको स्कूल र तृतीय स्थान विश्वज्योती स्कूलले हासिल गरेका थिए । यस्ता कार्यक्रमहरूले विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता र भाषिक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजककाे भनाइ छ ।

सम्बन्धित खबर

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *