• साउन १०, २०८२
  • No Comment
  • 73

सुनसरीमा लम्पी स्किनको सङ्क्रमण बढ्दो, ५३ पशु चौपायाको मृत्यु

सुनसरी जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढेको छ । इनरुवासहित धरान, इटहरी, दुहबी, वराहक्षेत्र, रामधुनी, कोशी, गढी, देवानगञ्ज, बर्जु, भोक्राहानसिंह र हरिनगर गाउँपालिकामा लम्पी स्किनको सङ्क्रमण देखा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीले जानकारी दिएकाे छ ।

जिल्लामा हालसम्म एक हजार ५१६ वटा पशु चौपायामा सङ्क्रमण देखा परेकाे र सबैभन्दा बढी दुहबी नगरपालिकामा २७६ पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको छ । सबैभन्दा कम धरान उपमहानगरपालिकामा १५ वटामा देखिएको छ । लम्पी स्किनका कारण जिल्लामा हालसम्ममा ५३ वटा पशु चौपायाको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । सबैभन्दा बढी वराहक्षेत्र नगरपालिकामा १३ वटाको मृत्यु भएको छ । हालसम्म ६४ हजार ४४१ वटा पशु चौपायालाई खोप लगाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीले जनाएकाे छ ।

सम्बन्धित खबर

करेन्ट लागेर बुवाको मृत्यु ,छोरा गम्भीर घाइते

करेन्ट लागेर बुवाको मृत्यु ,छोरा गम्भीर घाइते

सुनसरीमा करेन्ट लागेर बुवाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् । मंगलबार देवानगन्ज गाउँपालिका- ४ का ३८ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *