• पुस ३, २०८१
  • No Comment
  • 22

करेन्ट लागेर बुवाको मृत्यु ,छोरा गम्भीर घाइते

सुनसरीमा करेन्ट लागेर बुवाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् । मंगलबार देवानगन्ज गाउँपालिका- ४ का ३८ वर्षीय राजा मेहताको आफ्नो खेतमा सिँचाइको लागि मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनामा उनका १५ वर्षीया छोरा करण गम्भीर घाइते भएका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका राजा मेहतालाई उपचारको लागि कोसी अस्पताल विराटनगर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । छोरा करणको कोसी अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *