• साउन १०, २०८२
  • No Comment
  • 190

जाजरकाेट वन कार्यालय प्रमुखमाथि आक्रमण गर्ने दुई जना  पक्राउ 

जाजरकाेट। जाजरकाेट डिभिजन वन कार्यालयका प्रमुखमाथि कुटपिट गरी फरार रहेका दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, जाजरकोटले उनीहरूलाई बाँकेको कोहलपुरबाट पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. ३ का १९ वर्षीय आशिष बिक्रम शाही र जाजरकोटको भेरी नगरपालिका वडा नं. ३ का २२ वर्षीय कुशल कुमाल रहेका छन् ।

गत असार २२ गते अपरान्ह ४ बजे भेरी नगरपालिका–३, तल्लो थाप्लेस्थित डिभिजन वन कार्यालयमा प्रवेश गरी अज्ञात समूहले कार्यालय प्रमुख अमर प्रसाद साह र सोही स्थानमा रहेका भेरी नगरपालिका–७ का बिराजमान शाहीमाथि कुटपिट गरेको थियो । प्रहरीका अनुसार, कालो मास्क लगाएर आएका उनीहरूले कार्यालयका सरकारी कागजातहरू समेत च्यातेर फरार भएका थिए ।

घटनापछि अनुसन्धानमा जुटेको प्रहरीले विशेष सूचनाका आधारमा उनीहरू बाँकेको कोहलपुर क्षेत्रमा लुकेर बसेको पत्ता लगाएको थियो । सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, कोहलपुरसँगको समन्वयमा खटिएको प्रहरी टोलीले आज (बुधबार) बिहान ५ बजे कोहलपुर नगरपालिका–१२, चप्परगौंडीबाट उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि राम डाँगीका अनुसार पक्राउ परेका दुवै जनालाई आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत, जाजरकोटबाट ३ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…
ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *