• साउन ९, २०८२
  • No Comment
  • 177

टी-ट्वान्टी आई सिरिजमा पाकिस्तानको सान्त्वना जित 

काठमाडौं । पाकिस्तानले बंगलादेशविरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय (टी-ट्वान्टी आई) क्रिकेट सिरिजको अन्तिम खेलमा सानदार जित निकाल्दै सान्त्वना दिलाएको छ।

ढाकास्थित शेरे बंग्ला राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार सम्पन्न अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई ७४ रनले हराएको हो। यस जितसँगै पाकिस्तानले तीन खेलको सिरिज २–१ ले गुमाए पनि अन्तिम खेलमा प्रभावशाली प्रदर्शन गर्दै सान्त्वना जित हासिल गर्‍यो।

पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै १७८ रन बनाएको थियो। पाकिस्तानका ओपनर साहिबजाद फर्हानले ४१ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ६३ रनको शानदार अर्धशतकीय इनिङ खेले। हसन नवाजले १७ बलमा १ चौका र ३ छक्कासहित ३३ रन बनाए। सइम अयुबले २१, मोहम्मद नवाजले २७ रन जोडे भने कप्तान सलमान आगा १२ रनमा अविजित रहे।

बलिङतर्फ बंगलादेशका तस्किन अहमदले ३ विकेट लिए। नसुम अहमदले २ विकेट हात पारे भने मोहम्मद सैफुद्दिन र सरिफुल इस्लामले समान १–१ विकेट लिए।

१७९ रनको लक्ष्य पछ्याएको घरेलु टोली बंगलादेश १६.४ ओभरमै १०४ रनमा अलआउट भयो। बंगलादेशका मोहम्मद सैफुद्दिनले सबैभन्दा बढी ३५ रन बनाए। उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन असफल रहे।

पाकिस्तानका लागि सलमान मिर्जाले ३ विकेट लिए। मोहम्मद नवाज र फहिम असरफले समान २–२ विकेट लिए भने हुसेन तलत, सलमान आगा र अहमद दानियालले समान १–१ विकेट झारे।

यस जितले पाकिस्तानलाई श्रृंखलामा आत्मविश्वास फर्काउने मौका दिएको छ भने बंगलादेशका लागि टप लय कायम राख्न नसकेको चिन्ताको विषय बनेको छ।

सम्बन्धित खबर

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

काठमाडौं । पछिल्लो समय वायु प्रदूषण बढेसँगै धेरै मानिसमा घाँटी खसखस हुने, चिलाउने, बारम्बार खकार निकाल्न मन लाग्ने तथा खोकी लागिरहने…
कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

सुर्खेत, जेठ १५ — बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार तथा मानव बेचबिखनजस्ता…
चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु वडा अध्यक्ष र प्रहरीको रोहवरमा नष्ट

चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा घाटगाउँको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *