• साउन ८, २०८२
  • No Comment
  • 87

रसियामा हराएको विमान दुर्घटनाग्रस्त, ५० जना मारिए

करिब ५० जना सवार एउटा एन्टोनोव एएन-२४ यात्रुबाहक विमान दुर्घटनाग्रस्त अवस्थामा फेला गपरेको छ। बिहीबार उडेको केही समयमा बेपत्ता भएको विमान रूसको सुदूरपूर्वमा दुर्घटनाग्रस्त भएको छ। प्रारम्भिक जानकारीअनुसार सबै यात्रुको ज्यान गएको रूसी आपतकालीन सेवाका अधिकारीहरूले जनाएका छन्। सन् १९७० को दशकको सोभियत युगको झन्डै ५० वर्ष पुरानो उक्त विमानको जलिरहेको मुख्य भाग (फ्युसेलाज) एक हेलिकप्टरबाट जमिनमा देखिएको थियो र उद्धार टोलीहरू तीव्र गतिमा घटनास्थलतर्फ गएका थिए। सामाजिक सञ्जालमा पोस्ट गरिएको र हेलिकप्टरबाट खिचिएको एक अपुष्ट भिडियोमा विमान बाक्लो जंगल भएको क्षेत्रमा खसेको देखिन्छ।

सन् १९७६ मा बनेको उक्त विमान साइबेरियामा आधारित एङ्गारा एयरलाइन्सले सञ्चालन गरेको थियो। यो विमान ब्लागोभेश्चेन्स्क सहरबाट टिन्डातर्फ जाँदै थियो। चीनसँग सिमाना जोडिएको आमुर क्षेत्रको दुर्गम सहर टिन्डा नजिक पुग्दा रडारबाट विमान बेपेत्ता भएको थियो।इन्टरफ्याक्स समाचार एजेन्सीले आपतकालीन सेवाका अधिकारीहरूको उद्धरण दिँदै जनाएअनुसार विमानको भग्नावशेष टिन्डाबाट करिब १५ किलोमिटर (१० माइल) टाढा एउटा पहाडमा भेटिएको हो।

सम्बन्धित खबर

ब्राजिलमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

ब्राजिलमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

ब्राजिलमा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । ब्राजिलको ग्रामाडो सहरमा विमान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *