• साउन ८, २०८२
  • No Comment
  • 109

जेष्ठ नागरिकका माग पूरा गर्न पहल गर्छु : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेष्ठ नागरिकका माग पूरा गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । आज आफ्नै निवास खुमलटारमा जेष्ठ राष्ट्रिय नागरिक महासंघका पदाधिकारीसँगको भेटमा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । महासंघका प्रतिनिधिले प्रचण्डसँग जेष्ठ नागरिकसम्बन्धी विभिन्न माग राखेका छन् ।

महासंघका पदाधिकारीहरूले अध्यक्ष प्रचण्डसँग यातायातमा छुट, नागरिकता नपाएका जेष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था तथा राष्ट्रिय सभामा जेष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेसहितका माग गरेका हुन् ।

देशभरि दुई हजार पाँचसय भन्दा बढी जेष्ठ नागरिक नागरिकताविहीन रहेको भन्दै महासंघले प्रचण्डको ध्यानाकर्षण गराएको छ । उनीहरूलाई राज्यका सेवाबाट बञ्चित गरिएको भन्दै उनले यो समस्या समाधानको लागि नेतृत्व लिन पनि प्रचण्डलाई अनुरोध गरेको छ ।

महासंघका माग गम्भीरतापूर्वक सुनेपछि अध्यक्ष प्रचण्डले भने, ‘तपाईंहरूले उठाएका माग अत्यन्तै न्यायसंगत छन् । म आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु । यी माग पूरा गर्ने दिशामा हाम्रो पार्टी माओवादी केन्द्रले सकारात्मक पहल गर्नेछ ।’

सम्बन्धित खबर

जेष्ठ नागरिकका माग पूरा गर्न पहल गर्छुस् प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेष्ठ नागरिकका माग पूरा गर्न…

Leave a Reply

Your email address will not be published. Required fields are marked *