• साउन ७, २०८२
  • No Comment
  • 303

भेरी करिडोरमा टिपर दुर्घटना, ३ जना बेपत्ता

मंगलबार मध्यरातमा भेरी नदीको उर्लंदो भेलमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन्। यो दुःखद घटना रुकुमपश्चिमको आठबीसकोट–१४, पिपलचौरमा भएको हो, जहाँ भेरी करिडोर निर्माणमा प्रयोग गरिएको टिपर सडकबाट नदीमा खसेको थियो ।

जाजरकोटको नलगाड नगरपालिकास्थित दल्लीबाट रिम्नातर्फ आउँदै गरेको यती विल्डर्सको रा१क १५०१ नम्बरको टिपर दुर्घटनामा परेको हो । इलाका प्रहरी कार्यालय, रिम्नाका अनुसार, घटनालगत्तै रुकुमपश्चिम र जाजरकोटको संयुक्त प्रहरी टोली बेपत्ताहरूको खोजीमा जुटेको छ। यद्यपि, मनसुनका कारण भेरी नदीमा पानीको बहाव निकै बढेकाले खोजी तथा उद्धार कार्य अत्यन्तै चुनौतीपूर्ण बनेको छ । प्रहरीले जनाएअनुसार हालसम्म बेपत्ता भएका तीनै जनाको पहिचान खुल्न सकेको छैन, जसले गर्दा घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *