• साउन ७, २०८२
  • No Comment
  • 155

भेरी करिडोरमा टिपर दुर्घटना, ३ जना बेपत्ता

मंगलबार मध्यरातमा भेरी नदीको उर्लंदो भेलमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन्। यो दुःखद घटना रुकुमपश्चिमको आठबीसकोट–१४, पिपलचौरमा भएको हो, जहाँ भेरी करिडोर निर्माणमा प्रयोग गरिएको टिपर सडकबाट नदीमा खसेको थियो ।

जाजरकोटको नलगाड नगरपालिकास्थित दल्लीबाट रिम्नातर्फ आउँदै गरेको यती विल्डर्सको रा१क १५०१ नम्बरको टिपर दुर्घटनामा परेको हो । इलाका प्रहरी कार्यालय, रिम्नाका अनुसार, घटनालगत्तै रुकुमपश्चिम र जाजरकोटको संयुक्त प्रहरी टोली बेपत्ताहरूको खोजीमा जुटेको छ। यद्यपि, मनसुनका कारण भेरी नदीमा पानीको बहाव निकै बढेकाले खोजी तथा उद्धार कार्य अत्यन्तै चुनौतीपूर्ण बनेको छ । प्रहरीले जनाएअनुसार हालसम्म बेपत्ता भएका तीनै जनाको पहिचान खुल्न सकेको छैन, जसले गर्दा घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *