- साउन ६, २०८२
- No Comment
- 71
सुनको मूल्यमा लगातार वृद्धि, मंगलबार तोलामा १८ सय रुपैयाँले बढ्यो

नेपाली बजारमा सुनको मूल्यमा लगातार वृद्धि हुँदै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि छापावाल सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ ।
आज तोलामा १ हजार ८ सय रुपैयाँले बढ्दै छापावाल सुनको मूल्य १ लाख ९५ हजार ५ सय रुपैयाँमा पुगेको छ । यससँगै सुनको मूल्य लगातार पाँच दिनदेखि उकालो लागिरहेको महासंघले जनाएको छ ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि तथा डलरको भाउमा आएको उतारचढावले नेपाली बजारमा समेत प्रभाव पारिरहेको छ ।