विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरले उदयपुरका एक १५ वर्षीय बालकको पेटबाट सफलतापूर्वक कैँची निकालिएको जनाएको छ ।
खेल्ने क्रममा गल्तीवश निलेको कैँची बालकको ठूलो आन्द्रामा अड्किएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई चार दिनअघि अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । एक्स-रे र सिटी स्क्यान परीक्षणमा आन्द्राभित्र कैँची देखिएपछि तत्काल शल्यक्रिया गर्ने निर्णय लिइएको थियो ।
वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराईको नेतृत्वमा विशेषज्ञ चिकित्सकको टोलीले ल्याप्रोस्कोपिक प्रविधिको माध्यमबाट सफलतापूर्वक कैँची निकाल्न सफल भएको अस्पतालले जनाएको छ ।
शल्यक्रियापछि दुई दिनको अस्पताल बसाइपछि बालक पूर्ण रूपमा स्वस्थ भई घर फर्किएको पनि अस्पतालले जानकारी दिएको
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…