• साउन २, २०८२
  • No Comment
  • 122

बिहान चिया-कफीको साटो के पिउने ?

बिहानको सुरुवात ऊर्जा र ताजगीपूर्ण बनाउनु दिनभरको कार्यक्षमता र स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ। धेरैजसो नेपाली घरमा दिनको शुरुवात चिया वा कफीबाट हुने गरेको पाइन्छ। तर, बिहान खाली पेटमा यस्ता पेय पदार्थको सेवनले शरीरमा एसिडिटी, अपच तथा अन्य पेटसम्बन्धी समस्याहरू निम्त्याउने चिकित्सकहरू बताउँछन्।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार, चिया वा कफीको सट्टामा बिहान खाली पेटमा पोषणयुक्त र प्राकृतिक पेय पदार्थको सेवन गर्नु धेरै लाभदायक हुन्छ। यसले शरीरलाई आवश्यक ऊर्जा दिनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि सहयोग पुर्‍याउँछ।

चिया-कफीको सट्टामा यी विकल्पहरू अपनाऔं:

 दूध:
बिहानको नास्तामा चियाको साटो दूध सेवन गर्नु फाइदाजनक हुन्छ। दूधमा प्रशस्त क्याल्सियम र भिटामिन पाइन्छ, जसले हड्डी तथा दाँतलाई बलियो बनाउँछ। साथै, दिनभर ऊर्जावान् रहन पनि सहयोग गर्छ।

 मनतातो कागती पानी:
मनतातो पानीमा कागतीको रस मिसाएर पिउँदा पाचन प्रणाली सुदृढ हुन्छ र तौल नियन्त्रणमा रहन्छ। यो प्राकृतिक डिटक्स ड्रिंकले शरीर सफा राख्न मद्दत गर्छ र दिनभर ताजगी प्रदान गर्छ।

 नरिवल पानी:
नरिवलको पानीमा चिनी तथा बोसोको मात्रा कम हुन्छ। यसले शरीरलाई हाइड्रेट राख्नुका साथै आवश्यक खनिज प्रदान गर्छ। बिहानको समयमा नरिवल पानी पिउनु ऊर्जा प्राप्त गर्न सजिलो उपाय हो।

 फलफूलको जुस:
बिहान खाली पेटमा ताजा फलफूलको जुस—जस्तै कागती, एलोभेरा, अनार वा लौकाको जुस—सेवन गर्नु निकै फाइदाजनक मानिन्छ। यस्ता जुसले शरीरलाई आवश्यक भिटामिन, एन्टिअक्सिडेन्ट तथा मिनरल्स प्रदान गर्छन्।

स्वस्थ जीवनशैली अपनाउन बिहानको सस्तो देखिने तर दीर्घकालीन असर पार्ने बानीहरू परिवर्तन गर्नु आवश्यक छ। त्यसैले, चिया वा कफीको सट्टा स्वास्थ्यवर्धक पेयहरूको रोजाइमा ध्यान दिने बेला आएको छ।

अमर उजालाको आधारमा

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *