• असार ३२, २०८२
  • No Comment
  • 82

साउन महिनाका लागि १४ बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?

 साउन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन्। नेपाल राष्ट्र बैंकले गत साता मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा ल्याएपछि बैंकहरूले ब्याजदर समायोजन गरेका हुन् । २० वाणिज्य बैंकमध्ये १४ बैंकले ब्याजदर घटाएका छन् भने ४ बैंकले असार महिनाकै ब्याजदर कायम राखेका छन्। एउटै बैंकले भने ब्याजदर बढाएको छ।

सबैभन्दा धेरै ब्याजदर घटाउनेमा प्रभु बैंक अगाडि रहेको छ। बैंकले व्यक्तिगत निक्षेपमा दिने ब्याज १.८५ प्रतिशतले घटाएको छ। त्यस्तै, ब्याजदर घटाउने अन्य बैंकहरू यस्ता छन्

राष्ट्रिय वाणिज्य बैंक

  • एभरेष्ट बैंक

  • एनआईसी एशिया बैंक

  • प्राइम कमर्सियल बैंक

  • नबिल बैंक

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

  • लक्ष्मी सनराइज बैंक

  • सिटिजन्स बैंक

  • सानिमा बैंक

  • नेपाल एसबिआई बैंक

  • कृषि विकास बैंक

  • नेपाल बैंक

कसले बढायो ब्याज?

हिमालयन बैंक भने एक मात्र बैंक हो जसले साउनमा ब्याजदर बढाएको छ।

  • व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर ५.५% बाट ६% मा पुर्‍याइएको छ।

  • संस्थागत मुद्दति निक्षेपमा ४% बाट ५% मा बढाइएको छ।

जसले ब्याजदर परिवर्तन गरेनन्:

चार वाणिज्य बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। ती हुन्:माछापुच्छ्रे बैंक

  • ग्लोबल आइएमई बैंक

  • सिद्धार्थ बैंक

  • एनएमबि बैंक


सम्बन्धित खबर

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *