• असार ३१, २०८२
  • No Comment
  • 103

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित

 नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित भएका छन्। कार्यप्रणाली र जिम्मेवारी पालनमा प्रश्न उठेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन्।

पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा गठन गरिएको समितिमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य छन्। बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ अनुसार छानबिन समिति गठन भएपश्चात् सम्बन्धित अध्यक्ष वा सदस्य स्वतः निलम्बनमा पर्ने प्रावधान छ।

शरद ओझामाथि फर्जी कागजात पेश गरी नियुक्ति लिएको आरोप छ। यस सम्बन्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान अघि बढाएको छ।

सरकारले उनलाई पदमुक्त गर्ने प्रक्रिया अगाडि बढाइसकेको स्रोतले जनाएको छ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *