• असार ३०, २०८२
  • No Comment
  • 161

ललितपुरको कोणवहालमा जुवाखालाबाट ११ जना पक्राउ

ललितपुर महानगरपालिका–२२ स्थित कोणवहालमा रहेको एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही घरका धनी प्रेम महर्जनसहित अन्य १० जना रहेका छन्।महानगरीय प्रहरी वृत्त जावलाखेलको टोलीले विशेष सूचनाका आधारमा छापा हानी उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा नगद रकम, तासका पत्ता र अन्य केही सामाग्रीसहित नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका सबै जनामाथि सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।यसअघि पनि ललितपुरका विभिन्न स्थानमा अवैध रूपमा जुवा सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो। प्रहरीले यस अभियानलाई अझ सशक्त बनाउने बताएको छ।

सम्बन्धित खबर

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

काठमाडौँ । रामजी यादवका सवारी चालक मुस्तकिम आलम अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार पक्राउ…
५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *