• असार २८, २०८२
  • No Comment
  • 138

बैतडीमा जिप दुर्घटना : दुईको मृत्यु, ६ जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

 

डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

जीपमा सवार अन्य ६ जना घाइते भएका छन् । डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी घाइते भएका प्रहरी निरीक्षक पाण्डेयले बताए ।

 

राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शनिबार बिहान ५ः३० बजे बैतडीको पाटन–६ स्थित खिपालीमा जिप दुर्घटना भएको हो । दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीय उद्धारमा खटिएका थिए । जिप सडकबाट करिब एक सय मिटर तल भिरमा थामिएको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी छ ।

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *