• असार २८, २०८२
  • No Comment
  • 136

  भुटानविरुद्ध नेपालको शानदार जित 

असार २७ — साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले शानदार जितसहित प्रतियोगिताको सुखद् सुरुवात गरेको छ। शुक्रबार ढाकास्थित बसुन्धरा किंग्स एरेनामा सम्पन्न खेलमा नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको हो।

नेपालको जितमा पूर्णिमा राईले चार गोल गर्दै चम्किइन् भने सेनु परियारले दुई गोल थपिन्। पहिलो हाफमै ३–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप तीन गोल गरेको थियो। भुटानले खेलको दोस्रो हाफमा एक मात्र सान्त्वना गोल फर्काएको थियो।

यस जितसँगै नेपालले तीन अंक जोडेको छ। त्यही दिन भएको अर्को खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकामाथि ९–१ को विशाल जित निकाल्दै गोलअन्तरको आधारमा शीर्ष स्थानमा उक्लिएको छ। नेपाल र बंगलादेश दुवैको तीन–तीन अंक भए पनि गोल अन्तरमा बंगलादेश अगाडि रहेको छ।

चार टोली सहभागी प्रतियोगिता डबल राउण्ड रोबिन फर्म्याटमा हुँदैछ, जसअनुसार सबै टोलीले एक अर्काविरुद्ध दुई पटक प्रतिस्पर्धा गर्नेछन्। अन्त्यमा सर्वाधिक अंक जोड्ने टोलीलाई च्याम्पियन घोषित गरिनेछ।

नेपालले अब आइतबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ।

सम्बन्धित खबर

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…
ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *