• असार २०, २०८२
  • No Comment
  • 198

कर्णाली राजमार्गमा सास्ती: ठूला सवारीसाधनलाई रोक

कालिकोट । कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–६, गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। आज बिहान अविरल वर्षाका कारण सडकको एक खण्ड भत्किएसँगै राजमार्ग अवरुद्ध हुन पुगेको हो।

जिल्ला प्रहरी कार्यालय, कालीकोटका अनुसार सडक भत्किएर जोखिम बढेकाले बस, ट्रक लगायतका ठूला सवारीसाधनको आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको  छ। सडक अवरुद्ध भएपछि सुर्खेतबाट जुम्लातर्फ जाने र जुम्लाबाट आउने मालबाहक तथा यात्रुवाहक ठूला गाडीहरू राजमार्गमै रोकिएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर रावलले राजमार्गमा यात्रा गर्दा उच्च जोखिम रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम छ, त्यसैले सबैलाई आवश्यक सजगता अपनाउन हामी अनुरोध गर्दछौं।”

वर्षायाममा कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्ने र सडक भासिने समस्या बारम्बार देखिने गरेको छ, जसले गर्दा यात्रुहरूले सास्ती भोग्दै आएका छन्। प्रहरीले सडक खुलाउने प्रयासका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *