• जेष्ठ २९, २०८२
  • No Comment
  • 274

अमेरिका–इरान तनाव बढ्दै: बगदादस्थित अमेरिकी दूतावास आंशिक रूपमा खाल

इरानसँगको बढ्दो तनावका बीच अमेरिका इराकको राजधानी बगदादस्थित आफ्नो दूतावास आंशिक रूपमा खाली गर्दैछ। सुरक्षा चुनौतीहरू तीव्र भएपछि गैर-आवासीय कर्मचारी र तिनका परिवारलाई इराकबाट हटाउने निर्णय लिइएको अमेरिकी सरकारी स्रोतहरूले जनाएका छन्। बीबीसीको रिपोर्टअनुसार, अमेरिकी अधिकारीहरू इरान र इजरायलबीच सम्भावित सैन्य कारबाहीको तयारीमा रहेको आशंका गर्दै सतर्क छन्। अमेरिका अहिले इरान तथा इराकमा रहेका आफ्ना निकायहरूमा सम्भावित आक्रमणको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा कदम चालिरहेको छ। यसबीच, अमेरिका र इरानबीच भइरहेको आणविक वार्ता समेत प्रभावित भएको छ। इरानले यदि तनाव चर्कियो भने अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गर्ने चेतावनी दिएकाले स्थिति अझ जटिल बनेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको आणविक सम्झौतामा विश्वास कम हुँदै गएको बताएका छन्। ट्रम्पले सन् २०१८ मा सन् २०१५ मा भएको बहुपक्षीय आणविक सम्झौता परित्याग गरेका थिए। त्यसपछिका प्रयासस्वरूप हालसम्म पाँच चरणसम्म वार्ता भए पनि स्थायी समाधानमा पुगिएको छैन। संयुक्त राज्य अमेरिका हाल मध्यपूर्वमा कैयौं सैन्य अखडाहरू राखेको छ, जसमा सबैभन्दा ठूलो सैन्य अखडा कतारमा रहेको छ। युरेनियम प्रशोधनको विषयमा उत्पन्न विवादले अमेरिका–इरान सम्बन्धलाई पुनः तनावपूर्ण बनाएको देखिन्छ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *