• जेष्ठ २८, २०८२
  • No Comment
  • 117

पाकिस्तानको रक्षा बजेटमा २० प्रतिशत वृद्धि

पाकिस्तानले भारतसँगको बढ्दो तनावका बीच आर्थिक वर्ष २०२५/२६ का लागि रक्षा बजेटमा २० प्रतिशतले वृद्धि गरेको छ। नयाँ बजेटअनुसार रक्षा क्षेत्रका लागि २५ खर्ब ५० अर्ब रुपैयाँ (झन्डै ९ अर्ब डलर) छुट्याइएको छ।

पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरंगजेबले राष्ट्रिय सभामा १७५ खर्ब ७३ अर्ब रुपैयाँको संघीय बजेट पेश गरेका हुन्। विगत वर्षमा रक्षा क्षेत्रमा २१ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो भने त्यसअघि १८ खर्ब ४ अर्ब रुपैयाँको बजेट रहेको थियो। यसरी, पछिल्लो दुई वर्षमा रक्षा खर्चमा क्रमशः १४.९ र २० प्रतिशतले वृद्धि भएको छ।

रिपोर्टअनुसार, वैदेशिक तथा स्वदेशी ऋणपछि सबैभन्दा धेरै खर्च रक्षा क्षेत्रमा हुने गरेको छ। चालु वर्षको लागि ऋण सेवा तिर्न ८२ खर्ब ७ अर्ब रुपैयाँ छुट्याइएको छ, जुन बजेटको सबैभन्दा ठूलो एकल खर्च हो।

अर्थमन्त्री औरंगजेबले चालु आर्थिक वर्ष (३० जुनसम्म समाप्त हुने) मा ४.२ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने लक्ष्य पनि सार्वजनिक गरेका छन्। उनले ऋण र ब्याज सेवा खर्चका लागि छुट्याइएको रकम उल्लेख गर्दै आर्थिक स्थितिको गम्भीरतासमेत औंल्याए।

रक्षा खर्चमा गरिएको वृद्धिले सं

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *